Fast Nepal News

मिस युनिभर्समा भाग लिएर नेपाल आईपुगिन जेन दीपिका

banner single news

२७ मंसिर,काठमाडौँ-एल साल्भाडोरमा हालै सम्पन्न मिस युनिभर्स २०२३ मा नेपालबाट प्रतिनिधित्व गर्दै टप २० मा पर्न सफल जेन दीपिका ग्यारेट नेपाल आईपुगेकी छिन । मङलबार राती नेपाल आईपुगेकी दीपिकालाई त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । उनलाई सचेतनाका निर्देशक सरोज ओझाले राष्ट्रिय झण्डा ओडाएर, बुकि, माला र खादासहित नेपालमा उनको स्वागत गरे । स्वागत कार्यक्रममा दिपिकाका परिवारजनका सदस्य, शुभेच्छुकसहित शुभेच्छुकहरुको उपस्थिती रहेको थियो । निर्देशक ओझाले दिपिकालाई स्वागत गर्दै उनले नेपालको नाम विश्व सामु चर्चामा ल्याउन सफल भएकामा धन्यवाद दिएका थिए ।

सो अवसरमा संचारकर्मीहरुसँग कुराकानी गर्ने क्रममा नेपालको प्रतिनिधित्व गर्दै मिस युनिभर्स जस्तो प्रतिष्ठित अन्तराष्ट्रिय मंचमा प्रस्तुत हुन पाउँदा आफूलाई गर्व महशूस भएको उनले बताईन । साथै उनले प्लस साइज मोडलको रूपमा अन्तर्राष्ट्रिय मिडियामा आफूले पाएको चर्चा र नेपाली मिडियाहरुले दिएको स्थानको सम्मान गर्न चाहेको उल्लेख समेत गरिन ।

 

मिस युनिभर्स २०२३ मा सहभागीतासँगै दिपिकाले प्लस साइज मोडलको रूपमा अन्तर्राष्ट्रिय मिडियामा चर्चा बटुली रहेकी छिन। सीएनएनदेखि विश्व प्रतिष्ठित मिडियाहरुले ‘प्लस साइज’ मोडलको रुपमा दीपिकाले सौन्दर्यको मापदण्डलाई तोडेको समाचार सम्प्रेषण गरेका थिए।

मिस युनिभर्सको प्रारम्भिक चरणदेखी नै विश्वको ध्यान खिच्दै दिपिका प्रशंसा बटुल्न पनि सफल रहिन् । मिस युनिभर्समा पहिलो ‘प्लस साइज मोडल’को कीर्तिमान रचेकी उनको आत्मविश्वासको पनि सर्वत्र चर्चा भैरहेको छ।

Inside Article Ads

जेन दिपिका ग्यारेटले सुन्दरताको परम्परागत बुझाइ नै बदल्नु जरुरी भएको बताउदै आएकी पनि छिन । अमेरिकाबाट फर्किएर पछिल्लो समय काठमाडौंमा बसोबास गर्दै आएकी २३ वर्षिया दिपिकाले मानसिक स्वास्थ्य, सकारात्मक सोच र हर्मोनल स्वास्थ्यको पक्षमा आफ्ना धारणा राख्दै आएकी छन् ।

एसियन पेण्टस् ‘मिस युनिभर्स नेपाल २०२३’ को विजेता बन्दै उनले मिस युनिभर्स २०२३ मा सहभागिता जनाएकी थिईन । मिस युनिभर्स २०२३ को उपाधि निकारागुआकी शेनिस पालासियोसले जितेकी छिन । प्रतियोगितामा थाइल्याण्डकी एन्टोनिया पोर्सिल्ड फस्ट रनरअप भइन भने अष्ट्रेलियाकी मोराया विल्सन सेकेन्ड रनरअप भइन ।

उनलाई हौसला प्रदान गर्न मिस युनिभर्स नेपालकी राष्ट्रिय निर्देशक नगमा श्रेष्ठ एल सालभाडोर पुगेकी थिईन् । जेन दीपिकाले नेपालको प्रतिनिधित्व गर्दै नेपालको नाम राखेकामा गर्व लागेको श्रेष्ठ बताउँछिन् । ‘यस वर्ष शीर्ष २० अर्थात सेमिफाइनलसम्म पुग्नुलाई महत्वपूर्ण उपलब्धीका रुपमा लिएका छौँ र हाम्रो लक्ष्य आगामी बर्षहरुमा नेपालका लागि मिस युनिभर्स जित्नु रहेको छ’ उनले भनिन् ।

Visited 102 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.