Fast Nepal News

अन्तराष्ट्रिय चितवन समाजको विश्व सम्मेलन अक्टुबर १४ मा भरतपुरमा

तवन सेवा समाज अन्तराष्ट्रिय समन्वय समितिले गरेका सामाजिक कार्यहरु बढाउँदै जाने, विदेशमा छरिएर रहेका नेपालीहरुलाई सँस्थामा थप गोलबन्द गर्दै जाने, उनीहरुका ज्ञान र सीपलाई नेपालको विकासमा प्रयोग गर्ने लगाएतको रहेको अध्यक्ष समिर केसीले बताए ।

banner single news

२१ भदौ,-भरतपुर-  चितवन सेवा समाज अन्तराष्ट्रिय समन्वय समिति नेपालको पाँचौ विश्व सम्मेलन तथा साधारण सभा अक्टुबर १४ मा भरतपुर चितवनमा हुने भएको छ । उक्त सम्मेलनबाट चितवन सेवा समाज अन्तराष्ट्रिय समन्वय समितिले गरेका सामाजिक कार्यहरु बढाउँदै जाने, विदेशमा छरिएर रहेका नेपालीहरुलाई सँस्थामा थप गोलबन्द गर्दै जाने, उनीहरुका ज्ञान र सीपलाई नेपालको विकासमा प्रयोग गर्ने लगाएतको रहेको अध्यक्ष समिर केसीले बताए । पाँचौ विश्व सम्मेलन तथा साधारण सभाले आगामी २ वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने अध्यक्ष केसीले बताए ।

चितवनको विकास र सामाजिक भावना, समाजको एकता र समृद्धिको चाहना भन्ने मूल नाराका साथ वि.सं. २०६८ सालमा स्थापना भएको यस संस्थाले शैक्षिक विकास,गरिबी निवारण, प्राकृतिक विपत्तिमा मानवीय सहयोग, चेतना विस्तार लगायतका क्षेत्रमा धेरै काम गर्दै आइरहेको छ । विश्वभरी रहेका चितवनेहरुलाई एकजुट बनाउन सँस्था लागेको अध्यक्ष केसी बताउछन । विश्वभरी रहेका रोजगार, अध्ययन, अध्यापन,ब्यावसायमा रहेका चितवनवासीलाई उक्त सम्मेलनमा भाग लिन अध्यक्ष समिर खत्रीले आबहान गरेका छन ।

Inside Article Ads

उक्त कार्यक्रममा चितवनको विकास,बैदेशिक रोजगारका समस्या र समाधान,बिश्वमा रहेका चितवनवासीहरुको एकताको वारेमा चर्चा हुने छ । यो समाज विश्वका दर्जनौ देशमा संचालनमा रहेको छ भने समाजले चितवनेको लागी धेरै उत्कृस्ट काम पनि गर्दै आइरहेको छ ।

 

Visited 48 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.