Fast Nepal News

भारतविरुद्ध एसिया कप क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै नेपाली क्रिकेट टोलीलाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीद्वारा बधाई

सरकार, निजी क्षेत्र र शैक्षिक संस्थाहरूले क्रिकेट लगायत समग्र नेपाली खेलकूदको विकासमा थप लगानी गर्नु अत्यावश्यक रहेको पूर्वराष्ट्रपति भण्डारीको भनाई

banner single news

१९ भदौ, काठमाडौं-पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भारतविरुद्ध एसिया कप क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै नेपाली क्रिकेट टोलीलाई बधाई दिदैँ सोमबार भएको नेपाल र भारतबीचको खेलमा नेपालले सम्मानजनक लक्ष्य प्रस्तुत गरेर पराजित भएपछि ट्वीटरमार्फत भण्डारीले नेपाली टिमलाई हौसला दिएका छन्। हौसला दिदैँ पूर्वराष्ट्रपति भण्डारीले नेपालको खेल क्षेत्रमा संभावनाको नयाँ ढोका खोलेको उल्लेख गरेकी छिन् ।

ट्वीटरमार्फत भण्डारीले नेपाली टिमलाई हौसला दिएको ट्वीटरको पूर्णपाठ।

Inside Article Ads

‘क्रिकेटसँग सम्बन्धित पूर्वाधार निर्माणका साथै खेलाडीको क्षमता विकासमा लगानी बढाउन सके मात्र नेपाली क्रिकेटले थप व्यवसायिकता र प्रतिस्पर्धी क्षमता विकास गर्न सक्दछ । विश्व समुदायमा मुलुकको पहिचान निर्माण गर्न र आत्मसम्मान बढाउन खेल क्षेत्रले महत्वपूर्ण भूमिका खेल्ने विषयमा दुई मत छैन। यसबाट नेपाली क्रिकेटको विकासमा नयाँ सम्भावनाको ढोका खुलेको छ। मुलुकले उच्च तहको क्रिकेटमा नयाँ सुरुवात गर्नु हामी सबैको लागि खुसी र गर्वको विषय हो । यसैगरी, मलेसियामा सञ्चालन भइरहेको टी(ट्वान्टी विश्वकप छनौट प्रतियोगितामा पनि नेपाली महिला क्रिकेट टिमले उत्कृष्ट प्रदर्शन गरिरहेकोमा थप सफलताको कामना गर्दछु।’सरकार, निजी क्षेत्र र शैक्षिक संस्थाहरूले क्रिकेट लगायत समग्र नेपाली खेलकूदको विकासमा थप लगानी गर्नु अत्यावश्यक रहेको पूर्वराष्ट्रपति भण्डारीले बताएकी छन्।

Visited 49 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.