Fast Nepal News

चीनले जारी गरेको नक्साबारे प्रधानमन्त्रीको भ्रमणमा कुरा हुन्छ : प्रवक्ता सापकोटा

नेपाली भूमि नेपालको नक्सामा नदेखाइएको विषयमा कूटनीतिक माध्यमबाट कुरा गर्नुपर्ने

banner single news

१५ भदौ,काठमाडौँ-नेकपा (माओवादी केन्द्र)का प्रवक्ता अग्निप्रसाद सापकोटाले चीनले नेपालको नक्सामा लिम्पियाधुरा, लिपुलेक र कालापानी नसमेटिएको नक्सा जारी गरेकोप्रति प्रधानमन्त्रीको चीन भ्रमणमा कुराकानी हुने बताएका छन्।

शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता सापकोटाले यस्तो प्रस्टीकरण दिएका हुन्। उनले नेपाली भूमि नेपालको नक्सामा नदेखाइएको विषयमा कूटनीतिक माध्यमबाट कुरा गर्नुपर्ने बताए।

‘चीनले जारी गरेको नक्साको सम्बन्धमा त्यो के भयो ? किन त्यस्तो हुन गयो ? किन त्यसरी धेरै महत्वपूर्ण विषयलाई समेटिएन ? यसबारे त कूटनीतिक माध्यमबाट कुरा गर्नुपर्छ । मैले हिजो त्यो जारी भएको सुनेदेखि बुझ्दा पहिलाको सरकारले जानकारी दिएको थियो भन्ने छ । कूटनीतिक पहलकदमी अलिकति बढाउनुपर्छ भन्ने सुझाव पनि छ । मुख्यतः हाम्रो पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री चीन भ्रमणमा जाँदै हुनुहुन्छ । त्यसवेला कुराकानी हुन्छ,’ उनले भने।

Inside Article Ads

प्रवक्ता सापकोटाले एमसिसी परियोजना कार्यान्वयनका लागि संसदबाट गरिएको १२बुँदे व्याख्यात्मक घोषणा एमसिसीको अंग बनाउनुपर्ने बताए। माओवादी केन्द्र व्याख्यात्मक घोषणालाई एमसिसीको अंग बनाएर मात्रै सो परियोजना अघि बढ्नुपर्छ भन्ने पक्षमा रहेको उनले प्रस्ट पारे।समाचार  नयाँ पत्रिकामा प्रकाशित छ।

Visited 15 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.