Fast Nepal News

दिवंगत आफन्तको सम्झनामा नेवार समुदायले मनाए सापारु

काठमाडौँमा हरेक वर्ष सापारु विशेष हुने

banner single news

१५ भदौ,काठमाडौँ-दिवंगत आफन्तको सम्झनामा काठमाडौँको नेवार समुदायले आज गाईलाई बजार परिक्रमा गराएर बसन्तपुर र हनुमानढोका क्षेत्रमा सापारु मनाइएको छ ।

काठमाडौँमा हरेक वर्ष सापारु विशेष हुने गर्छ ।सापारुका अवसरमा मृतक घरका परिवारले मानिसलाई गाईका रूपमा सिँगारी आआफ्नो इलाकामा परिक्रमा गराइने र उनीहरूलाई दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने परम्परा रहिआएको छ ।

Inside Article Ads

नेवार समुदायले पितृको स्मरण गर्दैँ मनाईने यस मौलिक पर्व उपत्यकाका नेवार समुदायले यस वर्ष हिजो र आज मनाएका छन्।भक्तपुर र ललितपुरमा सापारु मनाउन सकिएको छ भने काठमाडौँ जिल्लाका स्थानीय नेवार समुदायले आज सापारु मनाएका छन्।

Visited 42 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.