


प्रेमिल शैलीको गीतमा प्रदिप पोख्रेलको शब्द रहेको छ। म्युजिक भिडियोमा अभिनेत्री तथा मोडल प्रकृति श्रेष्ठ, कृतिका श्रेष्ठ र गायक उप्रेतीको अभिनय रहेको छ। रंगीत बल्लव उप्रेतीको निर्देशनमा भिडियो तयार पारिएको हो।


‘लिजेन्स इन्टरनेशनलको एजुकेशन’को सहयोग रहेको यस गीतको भिडिलाई गायक उप्रेतीको अफिसिएल युट्युव च्यानल ‘अल्मोडा राना उप्रेती’ मार्फत सार्वजनिक भएको हो। यो गीतको भाग – २ निकट भविष्यमा सार्वजनिक गरिने निर्माण टिमले बताएको छ।
