Fast Nepal News

अल्मोडाको स्वर, टिकाको संगीतमा रहेको ‘चारकुने रुमाल’ सार्वजनिक ( भिडियो )

banner single news
२८ श्रावण,काठमाडौं – हाल अस्ट्रेलियाको तास्मानिया बसोबास गर्दै आइरहेका लोकप्रिय संगीतकार टिका दहालको संगीतमा रहेको बिल्कुलै नयाँ म्युजिक भिडियो  ‘चारकुने रुमाल’ सार्वजनिक भएको छ। गीतमा गायिका सुरक्षा सेन्चुरी र गायक अल्मोडा राना उप्रेतीको स्वर रहेको छ।

प्रेमिल शैलीको गीतमा प्रदिप पोख्रेलको शब्द रहेको छ। म्युजिक भिडियोमा अभिनेत्री तथा मोडल  प्रकृति श्रेष्ठ, कृतिका श्रेष्ठ र  गायक उप्रेतीको अभिनय रहेको छ।  रंगीत बल्लव उप्रेतीको निर्देशनमा भिडियो तयार पारिएको हो।

‘लिजेन्स इन्टरनेशनलको एजुकेशन’को सहयोग रहेको  यस गीतको भिडिलाई  गायक उप्रेतीको अफिसिएल युट्युव च्यानल  ‘अल्मोडा राना उप्रेती’ मार्फत सार्वजनिक भएको हो। यो गीतको भाग – २ निकट भविष्यमा सार्वजनिक गरिने निर्माण टिमले बताएको छ।

Inside Article Ads
भिडियो लिंक: https://youtu.be/3tL2_oz62UI
Visited 19 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.