Fast Nepal News

भानुको महिमा

मुना आचार्य बुढानीलकण्ठ-८ ओम नगर

banner single news

भानुभक्त कवि जन्म्यौ तनहुँमा चुँदी रम्घा गाउँमा ।
तिम्रो श्रम ठुलो अत्यन्त कविजी नेपाली साहित्यमा ॥
तिम्रो नाम लिइ विद्यालय यहाँ चुँदी रम्घा गाउँमा ।
पढ्छन् विद्यार्थीले चौतर्फी ज्ञान लिइ भानु सम्झी मनमा ॥
तिम्रो जन्मभूमि यो वन हरियो हरिया छन् चउर ।
कवि जन्म भइ यो पुण्य भूमिमा माटो छ नि उर्वर ॥
नयाँ वर्ष आहा बसन्त ऋतु गै गृष्म आयो नि अब ।
आयो जन्म दिन श्री भानु कविको भन्दै खुसी छौँ सब ॥
झन् बढी सम्मान असार आउँदा तिम्रा पढी किर्ति यो ।
जति पढे पनि यो किर्ति रसिला मन हुन्छ भव्य यो ॥
राखि सान यो राष्ट्रको सधैँ उचो लिदै ठुलो चाहना ।
भाषामा थियो आस् नेपाली जनमा पुर्याैई छोड्यौ चाहना ॥
म क्यारी पढुँला अगाडि बढुँला भन्दै रहेका जन ।
विद्या ज्योति लिइ सुमार्ग तिर यी सके अगि लम्कन ॥
सबका मन् मनमा देश भएमा राष्ट्र भाषा पैmलियो ।
तिम्रो हिम्मतले हे भानु कविजी शिक्षा क्षेत्र मौलियो ॥
चारै दिशा विकासका मूल फुटे सुविधा भो राष्ट्रमा ।
शिक्षा ढोका खुले दुःखी दिन हटे नेपालीको माझमा ॥
खोला नाला ति बग्दछन् खुसी हुँदै सम्झेर भानु कवि ।
फुल्छन् फुल यहाँ यी खोला तिरमा देखाइ आफ्नो छवि ।।

Inside Article Ads
Visited 21 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.