Fast Nepal News

पुस १० को सहमतिअनुसार काम नभए नेकपा एमाले सरकारमा नबस्ने

banner single news

११ फागुन,काठमाडौं-पुस १० मा एमालेले राष्ट्रपति पाउने सहमति भएको दाबी गर्दै सहमति पालना हुन्छ भन्नेमा एमाले विश्वस्त रहेको र यदि नहुने अवस्था भयो भने सरकारमा नबस्ने अडान नेकपा एमालेले लिएको छ।

‘तत्कालीन गठबन्धन भत्किएर नयाँ समीकरण बन्दा पुस १० मा माओवादीले प्रधानमन्त्री र एमालेले राष्ट्रपति, सभामुख पाउने सहमति भएको हो । सभामुख, उपसभामुखसम्म आइपुग्दा उक्त सहमति कार्यान्वयन भएको हुनाले सत्ता गठबन्धन राष्ट्रपतिको चुनावसम्म पनि कायम रहने नेकपा एमालेका नेताहरुको भनाई छ । यदि सहमति विपरीत हुने अवस्था आएमा एमाले सरकारमा नरहने नेकपा एमालेका सचिब योगेश भट्टराईले बताउनुभएको छ ।

Inside Article Ads
Visited 4 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.