Fast Nepal News

माधवको ‘इन्ट्री’ले राजनीति थप तरंगित

banner single news

९ फागुन,काठमाडौं-भावी राष्ट्रपतिका लागि एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको नाम एकाएक ‘इन्ट्री’ हुँदा राजनीति थप तरंगित बनेको छ । माओवादीले सोमबार मात्रै राष्ट्रिय सहमतिमै राष्ट्रपति चयन गर्ने निर्णय गरेको छ । यसबाट उत्साही कांग्रेस नेता नेपालको चर्चाले सशंकित बनेको छ भने निराश हुँदै गएका एमाले नेताहरू नेपाललाई सहमतिमा ल्याउन सक्रिय बनेका छन् ।

राष्ट्रपति आफूले नपाउने संकेत पाएपछि एमालेले नेपाललाई प्रस्ताव गर्ने ‘अस्त्र’ अघि सारेको छ, नेपालको नाम अस्वीकार गर्न प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवालाई समेत नैतिक संकट पर्ने ओलीको बुझाइ छ । किनभने, तत्कालीन नेकपामा प्रचण्डलाई साथ दिएका नेपालले ओलीविरुद्ध देउवा नेतृत्वको सरकार गठनका लागि पार्टी विभाजन गर्नेसम्मको जोखिम मोलेका थिए ।

स्रोतका अनुसार एमाले अध्यक्ष केपी ओलीले नेता नेपाललाई भेटेरै राष्ट्रपतिका लागि प्रस्ताव गरेका छन् । पार्टी एकतासहित उनको यस्तो प्रस्ताव थियो । ‘कहाँ कहिले भेट भयो त्यो नसोध्नुस्, तर दुई नेताबीच भेट भयो । भोलि–पर्सिसम्म परिस्थिति फरक ढंगले अगाडि बढेको पनि देख्न सक्नुहुन्छ,’ सबै घटनाक्रमबारे जानकार एक एमाले नेताले भने । उनका अनुसार पार्टी एकता गर्ने गरी अध्यक्ष ओलीले यस्तो प्रस्ताव गरेका हुन् ।

एमाले अध्यक्ष केपी ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई भेटेरै राष्ट्रपतिका लागि प्रस्ताव गरेका छन् । ‘कहाँ कहिले भेट भयो त्यो नसोध्नुस्, तर, दुई नेताबीच भेटेर कुराकानी भएको छ । भोलि–पर्सिसम्म परिस्थिति फरक ढंगले अगाडि बढेको पनि देख्न सक्नुहुन्छ,’ सबै घटनाक्रमबारे जानकार एक एमाले नेताले भने । उनका अनुसार पार्टी एकता गर्ने गरी अध्यक्ष ओलीले यस्तो प्रस्ताव गरेका हुन् ।

एमाले र एकीकृत समाजवादीका दोस्रो तहका केही नेता पनि माधव नेपाललाई एमालेको प्रस्तावमा वामपन्थी दलहरूका तर्फबाट राष्ट्रपतिको साझा उम्मेदवार बनाएर पार्टी एकता गराउन सक्रिय छन् । एमाले उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र पोलिटब्युरो सदस्य महेश बस्नेत तथा समाजवादीबाट नेताहरू सोम पाण्डे, पूर्वकानुनमन्त्री गोविन्द बन्दी र किसान श्रेष्ठसहितका नेताहरू यसमा सक्रियतापूर्वक लागेका छन् ।

ओली–नेपाललाई मिलाउन सक्रिय एमालेका एक नेताले महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली ‘कन्भिन्स’हुनेबित्तिकै लगभग सहमति बन्ने बताए । एमाले उपमहासचिव ज्ञवालीलाई मनाउन सोमबार समाजवादीका नेता सोम पाण्डेले अलग्गै भेटेका थिए । यद्यपि, उनले छुट्टै प्रसंगमा भेटेको दाबी गरे ।

‘ज्ञवाली कमरेडसँग भेट भएको हो, तर राष्ट्रपतिका विषयमा होइन, अलग्गै विषयमा कुरा भयो,’ पाण्डेले नयाँ पत्रिकासँग भने, ‘हामीमा पार्टी एकताप्रति, कम्युनिस्ट आन्दोलन र मुलुकको हितप्रति धेरै चिन्ता छ, त्यसैले त्यसअनुसार कुराकानी हुनु स्वाभाविकै छ ।’

Inside Article Ads

एमाले–समाजवादी एकतासँगै माओवादीलाई पनि मिलाएर नेकपा ब्युँताउनेसम्मको उद्देश्यसहित दोस्रो तहका नेताहरू सक्रिय भएका छन् । यो विकल्पमा डा. बाबुराम भट्टराई र समाजवादीका सम्मानित नेता झलनाथ खनालको नाम पनि राष्ट्रपतिमा चर्चामा आएको छ । ओली–खनालबीच पनि राष्ट्रपति चुनावकै विषयमा एक चरण टेलिफोन संवाद भए पनि भेटवार्ता भने भएको छैन ।

प्रधानमन्त्रीको दबाब झेल्ने, पूर्वसहमतिबाट ब्याक नहुने ओलीको रणनीति 
एमाले अध्यक्ष केपी ओली राष्ट्रपतिमा राष्ट्रिय सहमतिको नारा अघि सारेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाँच वर्ष सरकारको नेतृत्व गर्ने लिखित समझदारीका लागि दबाबको रणनीति अपनाएको निष्कर्षमा पुगेका छन् । पूर्वसहमतिभन्दा बाहिर गएर कुनै सहमति नगर्ने निष्कर्ष ओलीले निकटस्थ नेताहरूलाई सुनाएका छन् ।

विराटनगरबाट फर्किएपछि आइतबार साँझ एमाले अध्यक्ष ओलीले उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाललगायतसँग ‘प्रधानमन्त्री प्रचण्डको अस्थिर र अविश्वसनीय चरित्र तथा भूराजनीतिक चलखेलका कारण राष्ट्रपति निर्वाचनमा जेसुकै परिणाम आउन सक्ने’ भन्दै सामना गरेर अघि बढ्नुको विकल्प नभएको सुनाएका थिए । उपप्रधानमन्त्रीसमेत रहेका उपाध्यक्ष पौडेलले सोमबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेटेर ओलीको पछिल्लो निष्कर्ष सुनाउँदै अहिलेको गठबन्धन तोड्नु मुलुककै लागि हितकर नहुने भन्दै ध्यानाकर्षण गराएका थिए ।

पौडेलसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले अन्तिमसम्म अहिलेकै गठबन्धन जोगाएर अघि बढ्न वामपन्थी पृष्ठभूमिबाटै राष्ट्रपति बनाएर जान आफू तयार रहेको बताएका थिए । त्यसरी अघि बढ्दा कम्युनिस्ट एकताको सन्देश दिँदै पार्टी एकतासमेत गर्न सकिने उनको भनाइ थियो ।

समाचार आजको नया पत्रकिामा प्रकाशित छ।

Visited 14 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.