Fast Nepal News

‘डिएसए स्टार,२०२३’ को बाह्रौँ संस्करण सम्पन्न

banner single news

काठमाडौँ — नवौँ संस्करणको ‘डिएसए स्टार,२०२३’ को अन्तिम स्पर्धा बालकुमारीस्थित म्युजिक सिटी हलमा सम्पन्न भएको छ। परिवर्तन ईभेन्ट हाउसको आयोजनामा सम्पन्न उक्त प्रतियोगितामा मिनी डन्सिङ स्टार, जुनियर डन्सिङ स्टार, प्री-टीन डन्सिङ स्टार, सिङगिङ स्टार र एक्टिङ स्टार गरी पाँच विधामा उत्कृष्ट विजेता चयन गरिएको थियो।

वरिष्ठ गायक आनन्द कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमको निर्णायकमा मिस मंगोल २०१८ विजेता जाङ्मु इन शेर्पा, नेपाल को पहिलो नेपाल सिङ्गिङ सुपर स्टार राजेश राई, बाबा एजुकेश कनसल्टेन्सीका महा प्रबन्धक राजेन्द्र कुमार शर्मा र साईपाल एकेडेमीका प्रिन्सिपल सुमन नगरकोटी रहेका थिए।

मिनी डन्सिङ स्टारतर्फ युनासिंह ठकुरीले शिर्ष ताज पहिरिन भने जुनियर डन्सिङ स्टारतर्फ समिक्षा मोक्तानले शिर्ष ताज पहिरिईन। रेचल बुढाथोकी फर्स्ट रनर अप, आर्यश थापा मगर सेकेण्ड रनर अप, साहाया कार्की थर्ड रनर अप, राजभी अर्याल फोर्थ रनर अप, तेजस्भी पन्त फिफ्थ रनर अप र बर्षा अधिकारी सिक्स्थ रनर अप घोषित भए।

प्री-टीन डन्सिङ स्टारतर्फ प्रिन्सु रेग्मी शिर्ष बिजेता बनिन भने एन्जल तामाङ फर्स्ट रनर अप, खुशीसिंह ठकुरी सेकेण्ड रनर अप, पिया खनाल थर्ड रनर अप, दिया लामा फोर्थ रनर अप र अन्शु खड्का फिफ्थ रनर अप घोषित भए।

Inside Article Ads

सिङगिङ स्टारतर्फ एन्जलबाबु कट्टेलले शिर्ष ताज पहिरिदा इप्शित पन्त फर्स्ट रनर अप घोषित भए। त्यस्तै एक्टिङ स्टारतर्फ रोमिया सुनुवारले शिर्ष ताज पहिरिदा प्रशान्ती चन्द ठकुरी फर्स्ट रनर अप घोषित भए।

राज बराईलीले संचालन गरेको उक्त कार्यक्रममा गीत संगीतमा अमुल्य योगदान पुर्‍याएको भन्दै वरिष्ठ गायक आनन्द कार्कीलाई सम्मान प्रदान गरिएको थियो। उक्त कार्यक्रममा स्वागत मन्तब्य राख्दै यस् किसिमको कार्यक्रमबाट बालबालिकामा लुकेका प्रतिभाहरुलाई बाहिर ल्याउन सहज वातावरण बन्ने र राष्ट्रिय मात्र नभई अन्तराष्ट्रिय स्तरमा पनि प्रतिस्पर्धा गर्न सक्ने क्षमताको बिकास हुने कुरा परिवर्तन इभेन्ट हाउसका सिईओ सोनिया जिआरले बताउनु भयो ।

प्रतियोगिताका बिजेताले स्पेन आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने अबसर प्राप्त गर्नेछन।

Visited 25 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.