Fast Nepal News

रवि लामिछाने नागरिकता लिन जिल्ला प्रशासन पुगे

उनका समर्थक पनि जिल्ला प्रशासन कार्यालय पुगेका छन् । जसका कारण जिल्ला प्रशासन कार्यालय काठमाडौंमा भीड छ ।

banner single news

१५ माघ, काठमाडौं । नेपाली नागरिकताको प्रमाणपत्र लिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता रवि लामिछाने जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेका छन् ।

अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुनःप्राप्तिका लागि कानुन बमोजिम प्रक्रिया पूरा नगरेको ठहर गर्दै सर्वोच्च अदालतले गत शुक्रबार रवि लामिछानेको सांसद पद खारेज गरेको थियो । यससँगै उनले उपप्रधानमन्त्री तथा गृहमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पद पनि गुमाएका छन् ।

Inside Article Ads

त्यसैले रवि अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुनःप्राप्तिका लागि कानुन बमोजिम प्रक्रिया पूरा गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेका हुन् ।

Visited 17 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.