Fast Nepal News

लक्ष्मीदास मानन्धर खुला पुस्तक हो :पूर्व प्रधानमन्त्री नेपाल

banner single news

काठमाण्डौं । भाषासेवी, धर्मसेवी, सफल उद्यमी, राजनीतिज्ञ एवम् समाजसेवी स्वर्गिय लक्ष्मीदास मानन्धरको जीवनी पुस्तक परिवर्तनका संवाहक लक्ष्मीदास शनिवार लोकार्पण गरिएको छ । उक्त पुस्तकको लोकार्पण पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले गर्नुभएको हो ।

सो अवसरमा परिवर्तनका संवाहक पुस्तकको लोकार्पण गर्नुहुँदै पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले स्वर्गिय लक्ष्मीदास मानन्धर पुस्तकमा राजनीतिक पाटो छुटेको महशुस भएको उल्लेख गर्नुहुँदै मानन्धर खुला पुस्तक रहेको बताउनुभयो । साथै, उहाँले लक्ष्मीदास बहुप्रतिभाशाली र प्रेरणादायी व्यक्तित्व रहेको बताउनुहुँदै नयाँ पुस्ताले लक्ष्मीदास र उहाँको पुस्ताबाट अनेकौ शिक्षा लिन सक्नेभन्दै उद्यमी, समाजसेवी, भाषासेवी, धर्मसेवी लगायत सबैले उहाँबाट धेरै कुरा सिक्न सक्ने उल्लेख गर्नुभयो ।

स्वर्गिय मानन्धरका कनिष्ठ सुपुत्र नारायणदास मानन्धरले उद्योग व्यापार क्षेत्रका अग्रणी पुस्ताका व्यक्तित्व लक्ष्मीदास मानन्धरको जीवनले समाजसेवी र कर्म योगी बन्न प्रेरित गर्ने उल्लेख गर्दै वार्षिक पुण्य तिथिको अवसरमा उहाँको जीवनी पुस्तक लोकार्पण गरिएको बताउनुभयो ।

जनकवि दुर्गालाल श्रेष्ठले कविता रचनामार्फत लक्ष्मीदास मानन्धरले भाषा, धर्म, व्यापार, समाजसेवाको क्षेत्रमा अतुलनिय योगदान पुर्‍याउनु भएको उल्लेख गर्नुहुँदै उहाँ अनुकरणिय व्यक्तित्व हुनुभएको बताउनुभयो ।

Inside Article Ads

पुस्तकका लेखक लक्ष्मण अधिकारीले लगनशिलता र कर्मशिलताले लक्ष्मीदास सफल उद्योगपति व्यवसायी एवम समाजसेवी बन्नुभएको र परिवर्तनमा उहाँको योगदान रहेको उल्लेख गर्नुभयो ।

लुम्बिनी विश्वविद्यालयका पूर्व उपकुलपति त्रि रत्न मानन्धर, भाषासेवी मल्ल के सुन्दर लगायतले मन्तव्य धारणा राख्ने क्रममा स्वर्गिय लक्ष्मीदास मानन्धरको योगदानको स्मरण गर्नुहुँदै उहाँको जीवन बहुआयामिक रहेको बताउनुभयो ।

कार्यक्रममा धर्मोदय सभाका अध्यक्ष एवम् उद्योगपति पद्म ज्योती, पूर्व मन्त्रीहरु जीवनराम श्रेष्ठ, तिर्थराम डङोल, साल्ट ट्रेडिङका संचालक प्रदिपलाल श्रेष्ठ, चेम्बर उपाध्यक्ष एवम् साल्ट ट्रेडिङकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठ, उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जन लगायतको उपस्थिति रहेको थियो ।

Visited 15 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.