
६ माघ, काठमाडौँ- बिहीबार संसदमा १६७ मत प्राप्त गरी विजयी हासिल गरेका प्रतिनिधिसभाको सभामुख पदमा निर्वाचित देवराज घिमिरेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ। सभामुखको शपथ लिएलगत्तै सभामुख देवराज घिमिरे पार्टीको जिम्मेवारीबाट समेत अलग भएको बताउनुभएको छ।
नेकपा एमालेमा लामो समयदेखि सक्रिय रहनुभएका उहाँले सभामुख भएलगत्तै पार्टीको काम कारवाहीबाट अलग रहने तटस्थ र निष्पक्ष ढंगले संसदलाई अघि बढाउने कार्यमा आफूले प्राथमिकता दिने बताउनुभयो।
