Fast Nepal News

कांग्रेसले सभामुखमा उम्मेदवारी दिने

सत्तारुढ गठबन्धनबाट एमालेका देवराज घिमिरे उम्मेदवार छन्

banner single news

४ माघ, काठमाडौं । बुधबार बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको कांग्रेस पदाधिकारीहरुको बैठकले सभामुखमा उम्मेदवारी दिने निर्णय गरेको छ । नेपाली कांग्रेसले सभामुखमा उम्मेदवारी दिने निर्णय गरेको हाे । उम्मेदवार भने टुंगो लागेको छैन ।

उम्मेदवार भने प्रतिपक्षमा रहेका दलहरूसँग परामर्श गरेर तय गरिने एक पदाधिकारीले जानकारी दिए । उनले भने, ‘हामीले सभामुखमा उम्मेदवारी दिँदा उपसभामुख अर्को दलबाट हुन्छ । महिला पुरुष मिलाउनुपर्ने भएकाले अहिले उम्मेदवार टुंगो लगाइएको छैन ।’

Inside Article Ads

सभामुखको मनोनयन दर्ताको समय आज दिउँसो १ बजेदेखि अपराह्न ४ बजेसम्मका लागि तोकिएको छ । मतदान बिहीबार हुनेछ ।

Visited 4 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.