Fast Nepal News

तनहुँ जिल्ला भानु नगर क्षेत्रका ८ वटा विद्मालयहरुका८५० जना विपन्न तथा जेहन्दार विद्मार्थीहरुलाई न्यानो कपडा वितरण

banner single news

मानवताकालागि ः लायन्स क्लव भन्ने अभिप्रायले लायन्स क्लव अफ काठमाडौं सिद्धार्थ गौतम वुद्धले यस वर्ष तनहुँ जिल्ला भानु नगर क्षेत्रका ८ वटा विद्मालयहरुका८५० जना विपन्न तथा जेहन्दार विद्मार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ भने अझै २ वटा विद्मालयहरुमा१५० जना विद्मार्थीहरुलाई वितरण गर्ने तयारीमा रहेको छ ।

क्लवले मिति २०७९ कार्तिक २७गते भानु संस्कृत मा. वि., मिति २०७९ पौष १२ गते कालिकामा. वि., मिति २०७९ पौष १३ गते कर्मदा मा. वि., निर्जला आधारभूत विद्मालय, मनोहर मा. वि., सम्झनाप्रा. वि., नारायणी आधारभूत विद्मालय र शान्ति आधारभूत विद्मालयका विद्मार्थीहरुलाई सोहि ठाउँमा गएर न्यानो कपडा वितरण सम्पन्न गरेको हो ।

सो कार्यक्रममा क्लवका अध्यक्ष लायन नारायण रेम्मी (एम.जे.एफ.) को प्रत्यक्ष सक्रियतामा अन्य अतिथीहरु भानु नगर पालिकाका मेयर आनन्दराज त्रिपाठी, वडा नं. ९काअध्यक्ष मिनवहादुर गुरुङ, वडा नं. ८ का अध्यक्ष ईश्वर वहादुर धिमिरे, वडा नं. ५ का अध्यक्ष नहकुल अधिकारी र वडा नं. ४ का अध्यक्ष अर्जुन वहादुर वोहराको उपस्थितिमा अविभावक, शिक्षक र व्यवस्थापन समितिको रोहवरमा८ वटा विद्मालयहरुका८५० जना विपन्न तथा जेहन्दार विद्मार्थीहरुलाई न्यानो कपडा वितरण सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा डिष्ट्रिकबाट लायन पार्वती खरेल पाण्डे(डिष्ट्रिकचिफ एडभाइजर) र लायन विष्णु प्रसाद भण्डारी(एन. एल. एफ. चिफ)को सहभाथिता थियो । साथै क्लवका प्रथम उपाध्यक्ष लायन नारायण सुवेदी, द्वितिय उपाध्यक्ष लायन मधुसुदन पराजुली र सह–कोषाध्यक्ष लायन कुम्भवहादुर कुँवर र लायन्स क्लव अफ काठमाडौं परोपकारका लायन नवराज पाण्डे समेतको सहभाथिता थियो ।

Inside Article Ads

न्यानो कपडा वितरण कार्यक्रममा वोल्दै भानु नगर पालिकाका मेयर आनन्दराज त्रिपाठीले लायन्स क्लवभनेको साँच्चिनै मानवताका लागि रहेछ र समाजसेवाको क्षेत्रमा मानिकै प्रभावकारी सामाजिक संस्था रहेको जिकिर गर्नु भयो ।साथै भानु नगरपालिकाले नारायण रेग्मी जस्तो समाजसेवी पाएकोमा गौरव गनुभयो । यसैगरि क्लवका अध्यक्ष लायन नारायण रेम्मी (एम.जे.एफ.) ले कुनै पनि स्वार्थ विना समाजको सेवा गछौं र लायन्सको अन्तराष्ट्रिय मान्यता नै यहि हो भनि प्रष्ट पार्नुभयो ।

सो अवसरमा डिष्ट्रिक चिफ एडभाइजर लायन पार्वती खरेल पाण्डेले लायन्स क्लवअफ काठमाडौं सिद्धार्थ गौतम वुद्धका अध्यक्ष लायन नारायण रेम्मी युवा सामाजिक अभियान्ता, समाजसेवी र डिष्ट्रिक ३२५आईको आँखाको नानी रहेको कुरा प्रष्ट पार्नुभयो । त्यसैगरि एन. एल. एफ. चिफलायन विष्णु प्रसाद भण्डारीले अध्यक्षलायननारायण रेम्मीलाई यस वर्ष डिष्ट्रिक ३२५आईको प्रेसिडेण्ट अफ द एयर हुनबाट कसैले रोक्न नसक्ने समेत दावी गर्नुभयो ।

साथै, यस लायन्स क्लवले यस वर्ष यस्ता ३० वटा भन्दा धेरै सामाजिक कार्य गरिसकेको डिष्ट्रिक ३२५आईको रेकर्डमा देखिएको छ ।
IMG_2121.jpg
IMG_2150.jpg
IMG_2177.jpg
IMG_2188.jpg
IMG_2248.jpg
IMG_2420.jpg
IMG_2548.jpg
IMG_2553.jpg
IMG_2560.jpg
IMG_2652.jpg
IMG_2718.jpg

Visited 12 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.