
रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ वुमन इन लिडरसिपले नेपालका एक सय महिला नेतृत्वलाई सम्मान गरेको छ। ‘हन्ड्रेड वुमन स्टोरिज’ नामक किताबमार्फत वुमन इन लिडरसिपले नेपालका विभिन्न भूभागमा अवस्थित उत्कृष्ट एक सय महिला नेतृत्व चुन्दै उक्त सम्मान समर्पण गरिएको हो ।
शनिबार काठमाडौंको हात्तीसारस्थित आर्यान बुटिकमा सय महिला नेतृत्वको सम्मान कार्यक्रमको उद्घाटन काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले गरिन । कार्यक्रममा काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल, नेपाल चेम्बर अफ कमर्सकी अध्यक्ष उर्मिला श्रेष्ठ, पूर्व राजदुत डा. अञ्जन शाक्य, नेपाल रिपब्लिक मिडियाकी निर्देशक शोभा ज्ञवाली, घरेलु तथा साना उद्योग महासंघकी उपाध्यक्ष शान्ता बाँस्कोटा कोईराला, डा. माला खरेल, सुनिता नेमाफुकी, कविता पाण्डे लगायत विभिन्न क्षेत्रका सय महिला नेतृत्वलाई सम्मान गरिएको हो।
कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले महिलाको नेतृत्व अबको आवश्यकता रहेको उल्लेख गर्दै काठमाडौं महानगरपालिकाभित्रका ३२ वटै वडामा पुरुष मात्रै वडाध्यक्ष रहेको जनाउदै अब आउने निर्वाचनमा महिला पनि वडाध्यक्षको रूपमा आउनुपर्ने उनले बताइन्।
सयौं माहिला नेतृत्वको कथालाई विश्वभर चिनाउन अंग्रेजी भाषामा किताब प्रकाशन गरिएको हन्ड्रेड वोमस्न स्टोरिज किताबकी सम्पादक सुमिरा श्रेष्ठले बताइन्।



