Fast Nepal News

समसामयिक दस छेस्का कविता

✍️ नवराज पौडेल, नागार्जुन-४

banner single news

१.
फेरेर राजा
बजाइ रहे
त्यै बाजागाजा !
२.
चल्छ र घर
कामै नगरी
जुवाको भर ?
३.
जानेका पाका
गाउछन् तिनै
पुराना भाका !
४.
नगरी खेती,
वेसाइ खाए
धनको खती !
५.
दुबै छहारी
बुझ समान
छोरी-बुहारी !
६.
मनमा वैर
नराखाैं धेर
लानु छ के र ?
७.
भएर जाती
गर्दैछन् छल
ती राष्ट्रघाती !
८.
बाँधेर फेटा,
बाँडेर खाए
जिल्लिए केटा !
९.
दाजु र भाई,
श्रीमती-साली,
तिम्रै रजाई ?
१०.
छैनन् के लाटो
बेलैमा बुझ
फेर्लान् नि साटो !
~~~**~~~

Inside Article Ads
Visited 47 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.