Fast Nepal News

निर्वाचन सम्पन्न भएको अवसरमा सम्माननीय उपराष्ट्रपतिसँग आयोगका पदाधिकारीको भेटघाट

banner single news

काठमाडौँ ।  मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन, २०७९ सम्पन्न भएको अवसरमा आज सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुनसँग निर्वाचन आयोग नेपालका पदाधिकारीको भेटघाट भएको छ । सो अवसरमा सम्माननीय उपराष्ट्रपतिले निर्वाचन एक चुनौतीपूर्ण कार्य हुँदा हुँदै पनि यो निर्वाचन विगतका निर्वाचनको तुलनामा बढी व्यवस्थित, स्वच्छ, निष्पक्ष र स्वतन्त्ररूपमा सम्पन्न भएको उल्लेख गर्दै यसले अन्तर्राष्ट्रिय जगतमा नेपाल र आयोगको प्रतिष्ठा बढेको बताउनुभयो । उहाँले निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न गरी समयमै अन्तिम परिणाम घोषणा गर्न सफल भएकोमा आयोगलाई धन्यवाद दिनुभयो ।

भेटका अवसरमा आयोगका माननीय प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन परिणामसहितको प्रतिवेदन उपलब्ध गराउँदै निर्वाचनको सारसंक्षेप, अशल अभ्यास एवं चुनौतीबारे अवगत गराउनुभएको थियो । सो अवसरमा माननीय प्रमुख निर्वाचन आयुक्तसहित माननीय आयुक्तहरू श्री ईश्वरी प्रसाद पौड्याल, श्री रामप्रसाद भण्डारी, श्री डा. जानकी कुमारी तुलाधर, श्री सगुन शम्शेर जबरा, आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलको उपस्थिति रहेको थियो ।

Inside Article Ads
Visited 7 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.