
२८ मंसिर, काठमाडौँ-राष्ट्रिय निर्वाचन आयोगले आज पत्रकार सम्मेलन गरेको छ। पत्रकार सम्मेलन गर्दै निर्वाचन आयोगले निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गरेकोमा नेपाल सरकार, राष्ट्रसेवक, कर्मचारी, राजनीतिक दल र सम्पूर्ण उम्मेदवारलाई धन्यवाद दिँदै निर्वाचित प्रतिनिधि र दलको नाम घोषणा गरेको छ।
राष्ट्रिय निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले ९१ जना महिला र १८४ पुरूष निर्वाचित भएको बताउनुभयो। प्रतिनिधिसभामा कूल २७५ जनामध्ये पुरुष ६६.९ प्रतिशत र महिला ३३.१० प्रतिशत निर्वाचित भएको बताउँदै राष्ट्रिय निर्वाचन आयोगले ४२८५ उम्मेदवारको जमानत जफत भएको जानकारी दिएको छ।राष्ट्रिय निर्वाचन आयोगले ७ दलले राष्ट्रिय दलको मान्यता प्राप्त गरेको बताएको छ। नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी जनमतको आधारमा राष्ट्रिय दल बनेको राष्ट्रिय निर्वाचन आयोगले जनाएको हो।
