Fast Nepal News

आज नेवार समुदायले मतिना पारु मनाउँदै

banner single news

२३ मंसिर, काठमाडौँ -धेरैलाई थाहा छ प्रत्येक वर्ष प्रणय दिवस फेब्रुअरी १४ को दिन मनाइने गरिन्छ।तर धेरै व्यक्तिहरुलाई जानकारी नहुन सक्छ आज नेवार समुदायले मनाउने पर्व मतिना पारु अर्थात् प्रणय दिवस। नेवा:हरूले आज आफ्नै माैलिक प्रेम दिवस मनाउँदै छन्।

नेवा:हरू सदियाैं देखि याेमह्रि पुन्ही (धान्य पुर्णिामा) काे भाेलि थिंल्ला गाः पारू (प्रतिपदा) जसलाई नेपाल भाषामा “मतिना पारू” भनिने दिनलाई प्रेम दिवसका रूपमा मनाउँने गर्दछन्। नेपाल भाषामा “मतिना” काे अर्थ प्रेम हाे। भनिन्छ साे दिन लगाएको माया,प्रेम,प्रस्ताव दिगो,स्थाई र प्रेममय हुने विश्वास व्यक्त गर्दछन्। तर बिदम्वना हाल याे संस्कृति करिव करिव लोप हुँदै गएको छ।

Inside Article Ads

योमरी पूर्णिमाको दिन धार्मिक आस्था र सद्भावले नेवार जातिले मनाउने पर्व प्रेम दिवस अहिले लोप हुँदै जानुमा संस्कृतिविद् र नेवार समुदायको आदिवासी जनसमुदायले अन्य पश्चिमी मुलुकहरूमा मात्र नभई नेवार समुदायले पनि प्रणय दिवस मनाउँदै आएको छ भन्ने इतिहासको बारेमा अहिलेको पुस्तालाई मौलिक प्रणय दिवसको ईतिहासलाई जीवन्त बनाउँनुपर्ने धारणा व्यक्त गरेका छन्।

Visited 48 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.