Fast Nepal News

वाइसीएलले सुरु गर्यो मनोहराको सुकुम्बासी बस्तीमा तटबन्ध निर्माण

banner single news

काठमाडौं । नेकपा माओवादी केन्द्रको युवा संगठन योङ्ग कम्युनिस्ट लिग (वाइसीएल) नेपालले मनोहराको बाढी प्रभावित सुकुम्बासी बस्तीमा पस्न नदिने उद्देश्यले अस्थायी तटबन्ध बनाउन सुरु गरेको छ ।

वाइसीएल बागमती प्रदेश र सम्पर्क विदेश प्रदेश कमिटीको आयोजनामा मंगलबार बिहानदेखि मनोहरा खोला पुलबाट करिब एक किलोमिटर उत्तरतर्फ बाँध बाँध्ने काम भएको हो ।

यस्तै, वाइसीएल नेपाललको अध्यक्ष पुष्प ओलीले यो बस्तीमा वर्षेनी बाढी छिर्ने हुनाले, स्रोत र साधनले सकेजति तटबन्ध बनाएर अस्थायी रुपमा जोगाउने प्रयास गरेको भन्दै सरकारसँग पहल गरेर स्थायी रुपमा पनि बचाउने बताए ।

उनले भने, ‘श्रम तथा उत्पादनमा वाइसीएल भन्ने अभियानमा छांै । हाम्रो संगठन दुई महिना देशैभर श्रम तथा उत्पादनमा होमिएको छ । यसैक्रममा भक्तपुरको मनोहराको बस्ती जोगाउने अभियानमा जुटि रहेका छौ । बस्तीमा जुन वर्ष पनि बाढी छिर्ने भएको हुनाले यहाँ स्रोत र साधनले सकेजति तटबन्ध बनाएर अस्थायी रुपमा जोगाउने छौ र सरकारसँग पहल गरेर स्थायी रुपमा पनि बचाउने प्रयासमा छौ ।’

Inside Article Ads

सोही क्रममा माओवादीका सांसद राजन दाहालले ‘श्रम र उत्पादनसँग वाइसीएल’ भन्ने शिर्षकमा दुइ महिने अभियान सञ्चालन भइरहेको भन्दै यो अभियान अन्तरगत अहिलेसम्म १२ सयभन्दा बढि कार्यक्रमहरु भइसकेको बताए ।

उनले भने, ‘वाइसीएल नेपालको नयाँ निर्वाचित टिम आएसकेपछि जनतासँग जोडिने, विशेष गरेर ‘श्रम र उत्पादनसँग वाईसीएल’ भन्ने शिर्षकमा दुइ महिने अभियान सञ्चालन भएको छ । आजको दिनसम्म देशव्यापी रुपमा यो अभियान अन्तरगत १२ सयभन्दा बढि कार्यक्रमहरु भइसकेका छन् र यसै अन्तरगत यो मनोहरा बस्ती संरक्षण गर्ने भनेर आजको कार्यक्रम आयोजना गरेको हो ।’

यो काममा बागमती प्रदेशका माओवादी केन्द्रका नेताहरु, वाइसीएल फ्र्याक्सन इन्चार्ज रामप्रसाद सापकोटा, शक्ति बहादुर बस्नेत लगायत सहभागी छन् ।

 

 

Visited 21 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.