Fast Nepal News

प्रधानमन्त्रीकै कारणले गठबन्धन नटुट्ने : प्रचण्ड

यसअघि चितवन ३ बाटै निर्वाचित भएका उनी यसपटक भने गोरखा-२ मा उम्मेदवार छन् ।

banner single news

४ मंसिर, काठमाडौं ।
चितवनमा मतदानपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीकै कारण गठबन्धन नटुट्ने बताएका छन् ।
उनले भने, ‘प्रधानमन्त्रीकै कारणले गठबन्धन टुट्दैन । जबसम्म संविधान, समृद्धिमा प्रश्न रहन्छ तबसम्म यो गठबन्धन कायमै रहन्छ ।’प्रचण्डले चितवन र गोरखा दुवै जिल्लालाई उतिकै महत्व दिने समेत बताएका छन् । चितवन आफ्नो घर भएकोले र गोरखा २ आफ्नो निर्वाचन क्षेत्र भएको नाताले दुवै ठाउँ उतिकै प्राथमिकतामा रहने बताए ।प्रचण्डले क्षेत्र नम्बर ३ मा पर्ने भरतपुर महानगरपालिका वडा नं. १४ मा रहेको नेपाल पुलिस स्कुल शान्तिपुरको मतदान केन्द्रबाट मतदान गरेका छन् ।

Inside Article Ads
Visited 8 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.