
२ मंसिर, काठमाडौँ-मंसिर ४ गतेको निर्वाचन हुन करिब २ दिन मात्र बाँकी छ। हिजो रातीदेखि मौन अवधि सुरु भएको छ।यस लगत्तै उम्मेदवारहरुले आजदेखि निर्वाचन प्रचारप्रसार बन्द गरेका छन्। मतगणनाको काम पूरा नभएसम्म निर्वाचन प्रचारप्रसार सम्बन्धी कुनै पनि गतिविधि गर्न नपाइने भएको छ । बिहीबार बसेको केन्द्रीय आचारसंहिता अनुगमन समितिको बैठकको यस्तो निर्णय गरेको हो ।

यसैगरी निर्वाचन आयोगले प्रत्यक्षतर्फको प्रतिनिधिसभा सदस्यको मतपरिणाम तीन दिनभित्र सार्वजनिक गर्ने घोषणा गरेको छ। यसैगरी मंसिर २२ गतेभित्र सम्पूर्ण मत परिणाम सार्वजनिक गर्ने राष्ट्रिय निर्वाचन आयोगले जनाएको छ।
Visited 16 times, 1 visit(s) today
