Fast Nepal News

मतदाताको माया बटुल्दै कृष्ण धिताल

banner single news

गोरखा – गोरखा क्षेत्र-१ (क) का वाम-लोकतान्त्रिक गठबन्धनका उम्मेदवार कृष्ण धिताल बिजयले मतदाता भेटघाटलाई तिब्र पारेका छन्। चुनावको मिति नजिकिदै जादा धितालले चुनावी अभियानलाई तिब्र पारेका हुन्। एकै दिन दर्जन भन्दा बढी भेटघाट गरेका उनले आफुले जनताको ब्यापक समर्थन पाएको बताएका छन्।

नेकपा माओवादी केन्द्रबाट चुनावमा होमिएका धितालले चुनावी अभियानको क्रममा प्रदेश (क) को सबै क्षेत्रमा एकसरो कार्यक्रम गरिसकेका छन् भने अहिले छुटेका ठाउँमा भेटघाटलाई तिब्र पारेको जानकारी दिए । निरन्तर जनताको घरदैलो अभियानमा लागेका थिताल जनताले भोगेका समस्यालाई टिपोट गर्दै तत्काल सम्बोधन गर्न सकिने समस्यालाई समाधान गरिदिने गर्छन।गोरखामा सालिन र इमान्दार नेताको छवि बनाएका धिताल आफुले चुनाव जित्नेमा ढुक्क देखिन्छन्। भुँइतहका जनताको समस्यालाई नजिकबाट बुझ्नको लागि मतदाताको घर-घर र टोलटोल पुगेका धितालले गठबन्धनको पूर्ण साथ र सहयोग रहेको बताएका छन् ।जनताको समस्यालाई आफ्नै समस्या ठान्ने उनले जनताको सेवानै आफ्नो मुख्य उदेश्य रहेको बताउदै आफ्नो क्षेत्रको विकास र समृद्धिको लागि निरन्तर लाग्ने बताए ।

Inside Article Ads
Visited 22 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.