
१८ कार्तिक, काठमाडौँ- निर्वाचन नजिकिँदै गएपछि राजनीतिक दलका शीर्ष नेताहरु चुनावी प्रचारप्रसारमा व्यस्त भएका छन्। निर्वाचन नजिकिँदै गर्दा नेपाली कांग्रेसका प्रवक्ता एवम् चुनाव प्रचारप्रसार समितिका संयोजक नेता डा.प्रकाशशरण महत चुनाव लक्षित एकसाता लामो चुनावी कार्यक्रम लिएर देश दौडाहामा निस्किएका छन्। उक्त कार्यक्रम अन्तर्गत आज उहाँ बाकेको नेपालगन्ज प्रस्थान गर्नुभएको छ।
नेपाली कांग्रेसका प्रवक्ता बाँकेका विभिन्न कार्यक्रममा सहभागी भएर भोलि कार्तिक १९ गते त्यहाँ बाट धनगढी प्रस्थान हुने कार्यक्रम तय भएको छ। धनगढीमा उहाँ खेलकुद उपसमितिको प्रशिक्षणमा सहभागी भएर त्यहि दिन डडेल्धुरा जानुहुने भएको छ। उहाँको कार्तिक २० गते डडेल्धुरामा हुने चुनावी आमसभाहरु र गठबन्धनका चुनाव लक्षित कार्यक्रमहरुलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। उहाँ २१ गते जनकपुर जाने र जनकपुरमा पत्रकार सम्मेलन कार्यक्रम र खेलकुद उपसमितिको प्रशिक्षणमा सरिक हुनुहुने छ र त्यहि दिन सिमरामा पत्रकार सम्मेलन कार्यक्रम र खेलकुद उपसमितिको प्रशिक्षणमा सरिक हुने कार्यक्रम रहेको छ। उहाँ २२ गते मकवानपुर जाने र मकवानपुरमा पत्रकार सम्मेलन कार्यक्रम र खेलकुद उपसमितिको प्रशिक्षणमा सरिक हुनुहुने छ भने कार्तिक २३ गते बिराटनगरमा हुने चुनावी कार्यक्रममा सरिक हुने पुर्वनिर्धारित कार्यक्रम रहेको छ।
Visited 14 times, 1 visit(s) today
