Fast Nepal News

कांग्रेस महामन्त्री विश्व प्रकाश शर्मालाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

banner single news

निर्वाचन आयोगले आयोगले नेपाली काँग्रेसका महामन्त्री एवं झापा जिल्ला क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार विश्वप्रकाश शर्मालाई स्पष्टीकरण सोधेको छ ।

आयोगले भनेको छ ‘झापास्थित आगलागी पीडित केवल निरौलाको घर निर्माणका लागि अमेरिकाबाट मुनिन्द्र नेम्वाङको नेतृत्वमा जम्मा भएको २ लाख पचास हजार रुपैयाँ रकम निरौलाको परिवारलाई हस्तान्तरण गर्दै गरेको तस्बिर विजय दाल्मियाले आफ्नो फेसबुक वालमा शेयर तथा पोष्ट गरेको श्रव्यदृश्य सामग्रीका विषयमा आयोगबाट गठित सामाजिक सञ्जाल अनुगमन टोलीबाट अध्ययन तथा परीक्षण गर्दा उनले गरेको होइन भनी भन्न सकिने कुनै आधार नदेखिएकाले उक्त विषयप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको छ ।’

निर्वाचन आचारसंहिता २०७९ को परिच्छेद २ को दफा ४ को (न) मा कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षलाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने उल्लेख छ । स्प्ष्टीकरण पत्रमा भनिएको छ, ‘तपाईंबाट रकम हस्तान्तरण भएको बारे के कसो भएका हो ? यदि तपाईंबाट नगद वितरण कार्य भएको हो भने निर्वाचन आयोग ऐन २०७३ को दफा २३ को उपदफा (३) र उपदफा (४) बमोजिम किन कारवाही गर्न नपर्ने हो ?’

Inside Article Ads

यो पत्र कुनै माध्यमबाट प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोग वा उम्मेदवार रहेको जिल्लाको निर्वाचन कार्यालयमा आफैँ उपस्थित भई वा आफ्नो प्रतिनिधिमार्फत लिखित स्पष्टीकरण पेश गर्न आयोगले निर्देशन दिएको छ ।

Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.