Fast Nepal News

यस वर्षको मदन पुरस्कार नवराज लम्सालको ‘अग्नि’ लाई

banner single news

डायमण्ड जोशी।,
काठमाडौँ
। यस वर्षको मदन पुरस्कार ‘अग्नि’ महाकाव्यका लेखक डा. नवराज लम्साललाई प्रदान गरिने भएको छ ।

मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले गुठीको साधारण सभाबाट लम्सालद्वारा लिखित ‘अग्नि’ लाई मदन पुरस्कार प्रदान गर्ने निर्णय भएको जानकारी दिए।
यसैगरी, यस वर्षको जगदम्बा–श्री पुरस्कार बनारसबाट प्रकाशित ‘उदय’का सम्पादक दुर्गाप्रसाद श्रेष्ठलाई प्रदान गर्ने निर्णय भएको दीक्षितले बताए। समान चार लाख रुपियाँ राशिका पुरस्कारहरू घटस्थापनाको दिन प्रदान गरिनेछ।
प्रकाशनको छोटो समयमै पाठक र साहित्यानुरागिहरूको प्रिय बन्न सफल अग्निले देशकै सबैभन्दा ठूलो र पहिलो पुरस्कार पाउँदा एउटा युग पुरस्कृत भएको पाठकहरुको ठ्म्याई छ।

तर्क तथ्य र मधुर भावहरुको गुञ्जन ‘अग्नि’ महाकाव्य कवि नवराज लम्सालको तेस्रो महाकाव्य कृति हो । काव्यले जातीय विभेदका घटना उठान गर्दै मानवताको आलोक बालेको छ । महाकाव्यमा सामाजिक विभेदको चक्रव्यूहबाट आजीवन आजाद हुन नसकेका छेलाङी पात्रको दुःख–पीडा छताछुल्ल छ । ४१ सर्गमा बिस्तारित महाकाव्यले तरवारसँग गाँसिएको नेपाली वीरताको गौरवगाथा शिरोपर गरेको छ । जेठी तरवारको सन्दर्भले मकवानपुर, गोरखा, नुवाकोट आक्रमण, शिवपुरीगढीको विजयलगायत व्यापक ठाउँ, परिवेश समेटेको छ । निम्नवर्गीय पात्रको नायकत्व वरण गरेको काव्य उच्च मानवताको गर्विलो आवाज हो ।

Inside Article Ads

महाकाव्य निकै सरस, कान्ती, र प्राज्ञताले पुर्ण छ। जसले राष्ट्रियता र मौलिक संस्कृतिका बारेमा एउटा शंखनाद गरेको छ। तिम्रो घरको मुर्ती देखि देवतालाई आवाहन गर्ने, पाञ्चायन देवतालाई जल चढाउने, टीका लगाउने थाली यी सबै मेरै यहि हातका कला हुन् दाजै म त्यस्तो कुनै निकृष्ट मानव होईन। मलाई यिनै श्रमले मान्छे बनाउने प्रण गरेका छन्, म आफ्नो क्रान्ती कहिल्यै टुट्न दिने छैन। यस्ता सामाजिक उत्पिडिय भाषाहरुको वुलुन्द आवाज अग्नि हो, जसले बोलेर होईन, कर्मले आफ्नो आवाजको नाद प्रष्फुटित गरेको छ। त्यसैले त भनिन्छ, कर्म जीवनको मोक्ष हो। त्यसैले समाजमा हुँ भन्नेहरु तिनै, कलाकर्मिहरुलाई गालिको वृष्टि गरि जीवन बिताउँछन् अनि तिनै कर्मका कामिलाहरु अन्त्यमा मोक्ष प्राप्त गरि भगवानका श्रीचरणमा समाहित हुन्छन्। यस्तो प्रिय भाव अग्निले झल्काएको छ।

डा. लम्साल वरिष्ठ साहित्यकार एवम् रेडियो नेपालका निर्देशक तथा कार्यक्रम महाशाखा प्रमुख हुनुहुन्छ । लम्सालका कर्ण, धरा र अग्नि ३ महाकाव्य सहित ८ पुस्तक प्रकाशित छन् ।

Visited 37 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.