
✍️ गीताश्री शर्मा,
गान्ताेक, सिक्किम ।

भोटको नाता
नेताको बोली
झुटको छाता।
२.
शीरको टोपी
बचाइ राखौँ
कतै न जोखी ।
<><><><><><><>
✍️ धातानन्द शर्मा गैरे,
पाल्पा, नेपाल ।

बनेर धीर
हे कर्मवीर
फेर तक्दीर ।
२.
परर ताली
बर्षियो भोट
दङ्ग सिकारी ।
<><><><><<><><>
✍️ शान्ता शाक्य,
काठमाडौं ।

कर्मठ हात
जीवन आड
छोड्दैन साथ ।
२.
सुख हो त्यही
तृष्णारहीत
बुझ्नु छ यही ।
<><><><><><><>
✍️ कालीचरण बस्नेत,
पालुङ्ग, मकवानपुर ।

हर्कत देख्दा
भन्नै पर्ने भो
छी कार्यकर्ता ।
२.
मूल एजेन्डा
दलहरुको
हो भागबण्डा ।
<><><><><><><>
✍️ अम्बिका अधिकारी,
विर्तामोड, झापा ।

तीजको बेला
माइती जान
नगराैं ढिला ।
२.
मनको कष्ट
छेस्कामा लेखाैं
खुलाई प्रष्ट ।
<><><><><><><>
