
१.
मागेकाे माेही
अघाएपछि
चिन्दैन काेही ।
२.
बिर्सिए गुन
हातमा पर्दा
नम्बरी सुन ।
३.
घुमेर बारी
जाँगरविना
फल्दैन ताेरी ।
४.
आमाकाे काख
पाइन्न तिर्दा
कराेडाैं लाख ।
५.
देखाऊ बाटाे
भविष्य काेर्न
रुनुकाे साटाे ।
६.
जाेतेर हलाे
पुगेन खान
कुरेर थलाे ।
७.
पैसाकाे खेल
नसाेचे हुन्छ
आखिरी मेल ।
८.
भाग्यकाे खेल
नियति बैरी
आँसुको भेल ।
९.
व्यस्त सहर
क्षीण हुँदैछ
बाँच्ने रहर ।
१०.
नलागी ठेस
चिन्दैन मान्छे
जन्मेको देश ।
~~~~~
(सर्जक निराैला, छेस्का कविता लेखनमा सक्रिय नारी प्रतिभा हुनुहुन्छ)
