
आसन्न स्थानीय तहको निर्वाचन सम्पन्न भएलगत्तै वर्तमान समयमा संसदीय दलको निर्वाचनको विषय चर्चामा आएको छ।
राजनीतिक दलप्रति धेरै व्यक्तिहरुको असन्तुष्ट रहेको बेला स्वतन्त्र उम्मेदवारको उदय र निर्वाचनमा भएको विजयले निर्वाचनमा स्वतन्त्र उम्मेदवारप्रतिको आकर्षण बढ्दो क्रममा छ।
लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण कडी निर्वाचन नजिकिँदै गर्दा धेरै व्यक्तिहरु स्वतन्त्र उम्मेदवारी दिँदै निर्वाचनमा भाग लिने घोषणा गरेका छन्। हरेक कुराको सकरात्मक र नकारात्मक पक्ष हुन्छ। स्वतन्त्र भन्नेबित्तिकै धेरै व्यक्तिहरुले राजनीतिक दलबाट पृथक रही देश र जनताको सेवा गर्ने उम्मेदवारको रुपमा चिनेका छन्।
आसन्न स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवारको विजयले वर्तमान राजनीतिक क्षेत्रमा निम्त्याएको हलचलले स्वतन्त्र भन्ने बित्तिकै चुनाव जित्ने मानसिकता बोकेर धेरै चुनावमा अग्रसर भएका छन्।
निर्वाचनमा स्वतन्त्र उम्मेदवार दिने र निर्वाचनमा जित हासिल गर्ने देखासिकीले वर्तमान नेपालको राजनीतिक प्रभावित बन्न पुगेको छ।
संसदीय चुनावको संघारमा मुलुक अग्रसर भईरहँदा स्वतन्त्र उम्मेदवारी दिनेको संख्या बढेको छ। त्यससँगै स्वतन्त्र व्यक्तिको उम्मेदवारी केवल स्वतन्त्र नभई एक सानो राजनीतिक दलमा परिणत हुन पुगेको छ।
वास्तवमा स्वतन्त्र शब्द कुनै एक राजनीतिक दलमा परिणत हुनुले जनतामा कस्तो सन्देश जान्छ त्यो नेपालको भविष्यको राजनीति भने हेर्नै बाँकी छ।
