Fast Nepal News

नेक्स्ट वर्ल्ड मिडिया प्रा.लिद्वारा नेक्स्ट वर्ल्ड ग्ल्यामर नेपाल २०२२ को अडिसन हुने

banner single news

आयुष्मा गिरी

नेक्स्ट वर्ल्ड मिडिया प्रालिले नेक्स्ट ग्ल्यामर नेपाल २०२२ यही असार ११ गतेदेखि शान्तिनगर स्थित डान्स स्टुडियोमा नेक्स्ट ग्ल्यामर २०२२ को अडिसन हुने जनाइएको छ।

नेक्स्ट वर्ल्ड मिडिया प्रा.लिले प्रतियोगितामा पुरुष र महिला दुवैले भाग लिन सक्ने बताएको छ। यसैगरी प्रतियोगितामा भाग लिने प्रतियोगीहरुको उमेर १६ वर्षदेखि २६ वर्षको हुनुपर्ने कार्यक्रम आयोजक संस्थाको भनाई छ।

आयोजक नेक्स्ट मिडिया प्रा.लिले महिलाको उचाई ४ फिट ५ ईन्च, पुरुषको उचाई ५ फिट ५ ईन्च हुनुपर्ने बताए।

Inside Article Ads

प्रतियोगिले प्रतियोगितामा भाग लिन सहमति जनाएपछि नेपालको ख्यातीप्राप्त प्रशिक्षक केडी भट्टराईबाट प्रतिस्पर्धीलाई कोरियोग्राफर ट्रेनर, सञ्चार दक्षता, ब्यक्तिगत विकास, आत्मविश्वास अभिवृद्धि तालिम दिने आयोजक संस्था नेक्स्ट ग्ल्यामर मिडिया प्रा.लिले जनाएको छ।

प्रतियोगितामा सहभागीहरूमध्ये विजयी प्रतियोगीले भएकाले चलचित्र, म्युजिक भिडियो, अवार्ड,ट्रफि मिडियामा अन्तर्वार्ता लगायत अन्य थुप्रै पुरस्कार पाउने नेक्स्ट वर्ल्ड मिडिया प्रा.लिका अध्यक्ष सबनम चौधरीले बताउनुभयो।

असार ११ गतेदेखि नेक्स्ट वर्ल्ड मिडिया प्रा.लिले आयोजना गरेको नेक्स्ट ग्ल्यामर नेपाल २०२२ अडिसन के हुन्छ त्यो भने आगामी दिनहरुमा हेर्नै बाँकी छ।

Visited 17 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.