Fast Nepal News

अमेरिकामा जारी एनआरएनए एनसीसी कपमा क्रिकेट नेपाली राष्ट्रिय क्रिकेट टिम चार विकेटले पराजित

banner single news

काठमाडौं  ─ २० जेठ २०७९

काठमाडौं, अमेरिका भ्रमणमा रहेको नेपाल राष्ट्रिय क्रिकेट टिम बिहीबार एनआरएनए एनसीसी युएसए कप क्रिकेटको पहिलो खेलमा नेपाली अल स्टार्ससँग चार विकेटले पराजित भएको छ । औपचारिक म्याच अगाडि नेपाली टिमले खेल्ने दुई अभ्यास खेललाई एनआरएनए कप युएसए नाम दिइएको छ। गैर आवासीय नेपाली संघ एनआरएनए अमेरिकाले नेपाली अल स्टार्स र नेपलीज् एसोसियसन अफ ह्युस्टन सँग समन्वय गर्दै एनआरएनए युएसए कपमा आयोजना गरेको हो । एनआरएनए कपको दोस्रो खेलमा नेपालले जुन ४ तारिक ह्युस्टन हुरिकेन सँग खेल्ने छ।

नेपालले प्रस्तुत गरेको १९१ रनको लक्ष्य अल स्टार्सले ३३ दशमलव ५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको थियो । अल स्टार्सको जितमा विमुल शर्माले ५० र गौरव बजाजले अविजित ४० रन जोडे । विपुलले ५१ बलमा चार चौका र दुई छक्का प्रहार गर्दा गौरवले ५८ बलमा दुई चौका प्रहार गरे । विपुल र गौरवले छैटौं विकेटका लागि ८३ रनको साझेदारीसहित अल स्टार्सलाई सहज जित दिलाएका थिए ।

Inside Article Ads

नेपालका कप्तान सन्दिप लामिछानेले १० ओभरमा ४९ रन खर्चदै पाँच विकेट लिए । यसअघि टस हारेर ब्याटिङका लागि आएको नेपालले ४५.५ ओभरमा सबै विकेट गुमाउँदै एक सय ९० रनको योगफल तयार पारेको थियो । नेपालका आरिफ शेखले ७४ बलमा पाँच चौका मद्दतमा ६० जोडे । नेपालले क्रिकोणात्मक शृंखलाको पहिलो खेलमा जेठ २६ गते ओमान, २८ मा अमेरिका, ३१ मा ओमान र असार १ मा अमेरिकाको समना गर्नेछ । ओमान तालिकाको शीर्ष स्थानमा छ भने नेपाल छैटौं स्थानमा छ ।

Visited 17 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.