
१.
चुनावी जात्रा
रसरङ्गको
धेरै भो मात्रा !
२.
छापेर नोट
चुनाव जित्ने
मनमा खोट !
३.
स्वार्थी र ढोंगी
रहेछन् सबै
मनका रोगी !
४.
छेपारे रंग
चेपारे बोली
नपराैं दङ्ग !
५.
के मान्नु हर्क
यो देशलाई
बनाए नर्क !
६.
आश र त्रास
भो अब पुग्यो
भैसक्यो राश !
७.
गाँस र बास
निस्वार्थ सेवा
देऊ कपास !
८.
बिगत खोजाैं
वर्तमान हेरी
भविष्य रोजाै !
९.
नबनाैं दास
गरेर सधैं
अर्काको आश !
१०.
माैका छ राम्रो
असल छान्ने
कर्तव्य हाम्रो !
~~~~~~~
(सर्जक नेपाल, छेस्का साहित्य नेपालका केन्द्रीय उपाध्यक्ष हुनुहुन्छ )
