
लम्जुङ । नेपाली काङ्रेसबाट राईनास नगरपालिकाको प्रमुखमा उम्मेदवारी दिएका खड्ग गुरुङले राइनास नगरपालिका सुखी, समुन्नत र सुशासनमैत्री बनाउने आफनो मुल एजेण्डा रहेको र रिङरोडलाई पहिलो प्राथमिकता सहित चौतर्फी विकासको चाहना आफुले राखेको बताएका छन् । स्थानिय तहको निर्वाचनमा होमिदै गर्दा तपाईको उम्मेदवारी किन र केका लागि भन्ने हाम्रो प्रश्नको जवाफमा उनले राइनासको चौतर्फी विकास गर्न चाहेको बताए । ‘कृषि, यातायात, शिक्षा, स्वास्थ्य लगायतका सबै क्षेत्रमा समानुपातीक ढङ्ले विकासको लहर ल्याउनका लागि मैले उम्मेदवारी दिएको हुँ र राइनास नगरपालिकालाई सुखी, सम्मुन्नत र सुशासन मैत्री बनाउने मेरो मुल एजेण्डा हो, यसका लागि म प्रतिबद्ध भएर लाग्छु’ उनले भने ।
त्यसो त राइनासमा लोकप्रियता हासिल गरेका गुरुङ मेयरका प्रबल दावेदार हुन । उनी यतिबेला स्थानीय तह निर्वाचनका लागि चुनावी मैदानमा जोडतोडका साथ लागेका छन् ।
चुनावी अभियानमा सकृय रहदै मतदाताको घरआँगनमा मत माग्न व्यस्त गुरुङ यसपाली नगरबासीले आफुलाई नगर प्रमुखको कुर्सीमा पुर्याउनेमा आशावादी छन् । आफ्नो पक्षमा जनमत रहेकाले विजय सुनिश्चित रहेको उनको बिश्लेषण छ । ‘म चुनावमा मात्रै होईन अघिपछि पनि यहाँका टोल बस्ती पुगिरहेको छु, अहिले चुनावी अभियानमा झनै सकृय भएर मतदाता आमा, बुवा, दाजु, भाई, दिदी, बहिनीसँग एजेण्डा सहित गएको छु । सबैबाट सकारात्मक प्रतिकृया पाईरहेको छु, मेरो जित्ने आधार नै उहाँहरुले म प्रति दर्शाउनु भएको विश्वास हो, त्यसैले यसपाला चुनाव जिताउनु हुन्छ भन्नेमा म निस्चिन्त छु’ उनले आफ्नो जित सुनिश्चित भएको संकेत गर्दै भने ‘हामीले प्रतिबद्धता गरे अनुरुप जनताको पक्षमा काम गर्न म चुक्ने छैन् भन्ने विश्वास दिलाउदै आएको छु, उहाँहरुलाई निराश पार्दिन भनेको छु, अधिकांश मतदाता उत्साही देखेको छु, यही नै मेरो जितको आधार हो’ । खानेपानी, शिक्षा, स्वास्थ्य, सडक, बिजुली, कृषि, पर्यटन आफनो प्राथमिकताको क्षेत्र रहेको उनले दोर्याए । आफु निर्वाचित भएपछि यस बाहेक पनि महिला, बालबालिका, युवा, ज्येष्ठ नागरिक लक्षित विभिन्न प्रभावकारी कार्यक्रमहरु पस्कने योजना राखेको उनले बताए ।
गुरुङ विगत देखी नै सामाजिक कार्यमा जोडिएकाले उनी गाउँ बस्तीसँग राम्रै हिमचिम छ । गठवन्धनका साझा उम्मेदवार उनले दोस्रो स्थानिय तह निर्वाचनमा प्रत्यासीलाई भारी मत अन्तरले पराजित गर्ने आँकलन स्थानिय स्तरमा गरिदै आईएको छ ।
