
प्रकाश कपाली
लमजुङ २४,स्थानीय तहको निर्वाचनसँगै सम्पूर्ण स्थानीय जनप्रतिनिधिहरु स्थानीय जनताको घरदैलोमा पुगी आफ्नो प्रतिबद्धता जाहेर गर्दै जनतामाझ अमूल्य मतको अपेक्षा गरिरहेका छन्।
यसैगरी राइनास नगरपालिका वडा नं ४ बाट वडा अध्यक्षको पदमा उम्मेदवारी दिनुभएका उम्मेदवार बलराम पराजुली जनताको घरदैलोमा पुग्नुभएको छ।
आर्थिक सामाजिक शैक्षिक क्षेत्रलाई जोड दिँदै आगामी दिनहरुमा प्रशासनिक क्षेत्रमा निम्तिएको भष्टाचार गैरजिम्मेवारीपन लाई सुधार गर्ने उद्देश्यकासाथ आफूले वडा अध्यक्षको पदमा उम्मेदवारी दिएको बताउनुभयो।
चुनावी प्रचार अभियान सम्पन्न भएको जानकारी गराउनु हुँदै स्थानीय जनताको सामु आर्थिक,सामाजिक र शैक्षिक क्षेत्रलाई प्राथमिकतामा राखी आफ्नो क्षेत्रको विकासलाई प्रभावकारीरुपमा अघि बढाउने पनि धारणा व्यक्त गर्नुभयो।
विकास भनेको पूर्वाधार निर्माण मात्र नभई सकरात्मक परिवर्तनको रुपमा लिनुपर्ने विषयमा आफ्नो धारणा स्थानीय जनताको अघि व्यक्त गरेको विषयमा आफ्ना धारणाहरु प्रस्तुत गर्नुभयो।
