Fast Nepal News

राइनास नगरपालिकाको लोकतान्त्रिक गठबन्धनको मेयर खड्ग गुरुङ चुनावी प्रचारप्रसारमा व्यस्त

banner single news

 

प्रकाश कपाली

लमजुङ २४,स्थानीय निर्वाचनमा उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएसँगै आशन्न स्थानीय तहको निर्वाचनमा जनताका जनप्रतिनिधिहरु जनताको घरदैलोमा गई आफ्ना एजेन्डाहरु जनता माझ प्रस्तुत गरी भोटको लागि अपिल गरिरहेका छन्।

 

Inside Article Ads

यसैगरी राइनास नगरपालिकाका लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका नेता एवम् राईनास नगरपालिकाका मेयरको उम्मेदवार खड्ग गुरुङले जनताको घरदैलोमा गई आफ्नो स्थानीय क्षेत्रमा रहेका प्राकृतिक स्रोतसाधनको परिचालन गर्दै आफ्नो स्थानीय क्षेत्रमा शिक्षा, कृषि, पर्यटन, खानेपानी, स्वास्थ्यका क्षेत्रमा महत्वपूर्ण अवधारणा र गुरु योजना अघि सार्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

 

यसैगरी राइनास नगरपालिका आसपासका क्षेत्रमा सडक विकासमा जोड दिँदै छिट्टै सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। यसैगरी आफू निर्वाचित भएमा आफ्नो ग्रामीण क्षेत्रमा धेरै सम्भावनाहरु भएको हुनाले आफ्नो क्षेत्रलाई बिकासको मुलाधारमा ल्याई विकासको माध्यमबाट आफ्नो क्षेत्रलाई परिवर्तन गर्ने उत्कट चाहना रहेको पनि उहाँले बताउनुभयो।

Visited 11 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.