
पुष्पराज बस्नेत/लक्ष्मण तिमल्सिनाको साथमा प्रकाश कपाली।
लामो समयदेखि राजनीतिमा सक्रिय रहनुभएका सन्तविर तामाङ नेपाली कांग्रेस ऐसेलुखर्क गाउँपालिकाको नेपाली कांग्रेसका सभापति समेत हुन्।
यही २०७४ सालको निर्वाचनमा बाका चोल वडा नं २ बाट वडा अध्यक्षको रुपमा निर्वाचित हुनुभएका उहाँले स्थानीय जनताको हक हितप्रति समर्पित रही स्थानीय विकासका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउनुभएको थियो।
स्थानीय सरकारको ५ वर्षको कार्यकाल समाप्त भएसँगै नेपाली कांग्रेसको तर्फबाट स्थानीय तहको निर्वाचनमा गाउँपालिकाको अध्यक्षको पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको उहाँले सत्ता गठबन्धनको विरोध गर्दै आफूलाई बागी उम्मेदवारको रुपमा प्रस्तुत गरी निर्वाचनमा गाउँपालिका अध्यक्षको उम्मेदवारी दिएसँगै नेपाली कांग्रेसले पार्टीको साधारण सदस्य समेत नरहनेगरी पार्टीबाट स्वत निष्कासित र कारबाही गरेको छ।
पार्टीबाट स्वत निष्काशित भई कारवाहीमा परेपनि उहाँले जनताको हकहितको रक्षाको लागि ऐसेलुखर्क गाउँपालिका अध्यक्ष स्वतन्त्र उम्मेदवारको रुपमा आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको छ । स्वतन्त्र गाउँपालिका अध्यक्षको उम्मेदवारको रुपमा उम्मेदवारी दर्ता गराउनुभएका नेपाली कांग्रेसका बागी उम्मेदवार तामाङलाई निर्वाचन आयोग मुढा चुनाव चिन्ह प्रदान गरेको छ।
ऐसेलुखर्क गाउँपालिकाको जनताको हक हित र दीर्घकालीन विकासका पूर्वाधार निर्माणमा सदा समर्पित रहने स्वतन्त्र गाउँपालिका अध्यक्षको उम्मेदवार सन्तविर तामाङले बताउनुभयो।
