Fast Nepal News

चौकुने वडा नम्बर ७ बाट माओवादी केन्द्र नेतृत्व का युवा नेता धमाला को उम्मेदवारी।

banner single news

 

सुर्खेत, १४ वैशाख,चौकुने गाउँपालिका ७ नम्बर वडा नेकपा माओवादी केन्द्र तर्फ बाट धनिराम धमालाले अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका छन्। आइतबार निर्वाचन अधिकृतको कार्यालय पुगेर धमाला ले उम्मेदवारी दर्ता गराएका हुन्। उम्मेदवार धमालाले समृद्ध वडा बनाउन चौकुने मै पहिलो पटक युवा नेतृत्व ले आसन्न स्थानिय निर्वाचनको कठोर यात्रा गरिरहेको अवस्थामा वडावासिले मौका को फाईदा उठाउनुपर्नेमा जोड दिए। 

चुनावी तालमेल गरेर सत्तारुढ गठबन्धन निर्वाचन का लागि माथापच्ची गरिरहेपनी, दलको राजनीति समाप्त हुने र भविष्यमा आगामी नेतृत्व का लागि राजनीति मा विकृति आउने भन्दै आफ्नै दलका लागि भएपनि संघर्ष गर्ने धमालाले बताए। धमालाले भने; सीमान्तकृत र वर्गिकृत जातजाति सबै लाई आफ्नो नेतृत्वले मिलाएर लगेको र त्यसैगरि समाजको स्तरोन्नति का लागि आगामी दिनहरुमा पनि आफ्नो योगदान उत्तिकै हुनेमा वडा विश्वस्त हुनुपर्ने उनले बताए। वडाका सबै युवाहरुको काँधमा रहेको परिवार लाई समय मै सचेत गराई विकृत पक्षधरको खाल्डोमा वडा लाई ५ वर्ष सम्म डुब्न नदिन भएपनि आफुलाई सहयोग गर्न उनले वडावासि सँग आग्रह गरे। एक जना युवा नेतृत्व लाई अर्को युवा समुहले जोडदार स्विकार्नु पर्ने उनले न्युज नेपाल एच डि लाई बताए। धमाला भन्छन्; “यो आधुनिकता सँग सम्बन्ध राख्ने युवा जमात र लोकतान्त्रिक अभ्यास हो।”

अघिल्लो पाँच वर्षकोजस्तो दुःख नभोग्न मतदाताले आफूलाई मत दिनुपर्ने उनले जनाए । कुराकानी मा व्यवस्थापनको कमजोरीले गर्दा चौकुनेका जनताले सुख पाउन नसकेको उनको बुझाई रहेको थियो ।

Inside Article Ads

बलजफ्ती र स्वेच्छाचारीताको बलमा जनताका टाउकामा ऋण लाद्ने कपाल फुलेका नेताहरुलाई ठेगान लाउने चुनाव नै भएको र जनता सँग नै पाखा लगाउन सक्ने शक्ति भएको धमालाले बताए।

माओवादी केन्द्र नेतृत्व का युवा वडा अध्यक्षका उम्मेदवार धमालाले भने, ‘युवा भएर मात्र भोट मागेका छैनौं । सिंगै नेतृत्वले माथिल्लो तह गाउँपालिका, प्रदेश अथवा केन्द्रै सँग भएपनी वडाका समस्याहरु राख्न सक्ने आँटिलो दृष्टिकोण बनाएका छौं। सोही अनुसार काम गर्छौं भनेर मात्र भोट मागेका छौं,’ मतदानअघि वडाका सबै टोल र घरमा पुग्ने कार्यक्रम रहेको उनको भनाई छ। उनले न्युज नेपाल सँग कै कुराकानिमा वडावासि सँग प्रश्न गरे, ‘चुनाव अघि मात्रै घर–घर आएर भोट माग्ने अध्यक्ष चाहिएको हो की, पाँच वर्षसम्म घर–घर आएर सेवा गर्ने वडाध्यक्ष चाहिएको हो ?

यो मतदाताले रोज्नुपर्छ ।’ वडा का सबै घर- घरमा गएर आफ्नो प्रमुख एजेन्डा नै यहि भएको बताउने र अवाञ्छित आश्वासनिय घोषणा गरिएका अनावश्यक फोहोरका डंगुर फैलाउने कागज का पत्र लिएर नजाने उनको भनाई रहेको छ।

Visited 15 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.