Fast Nepal News

दश छेस्का कविता

✍️ टंकप्रसाद पन्थ, पाल्पा ( नियमित स्तम्भ )

banner single news

१.
बुझ ए साथी
विचार भन्दा
देश छ माथि ।
२.
जपियाे मन्त्र
बाेल्नमा मात्रै
हाे लाेकतन्त्र ?
३.
ए ! धर्ती पुत्र
गर्वले बाँच्ने
खाेजाैँ न सूत्र !
४.
बिग्रियाे थिति
पँधेर्नी कुरा
हाे राजनीति ?
५.
आफैं बनेका
बाेक्सी र धामी
कस्ता हरामी !
६.
अचाक्ली गर्ने
लाेभकाे भाँडो
कहिले भर्ने ?
७.
असल मित्र
बस्दछ सधैँ
हृदयभित्र ।
८.
नबनाैँ मन्द
माटाको गन्ध
चल्छ सुगन्ध ।
९.
डाँडाकाँडा छन्
सधैँ जागा छन्
यिनै प्यारा छन् ।
१०.
प्रकृतिभित्र
लुक्छ साैन्दर्य
देख्दै विचित्र ।
<><><><><>
(सर्जक पन्थ, छेस्का साहित्य नेपालका केन्द्रीय सदस्य हुनुहुन्छ)

Inside Article Ads
Visited 32 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.