Fast Nepal News

तनहुँमा अभियुक्त शाहको बयान सकियो

banner single news

तनहुँ — ०९ चैत्र २०७८

तनहुँ , नाबालिगलाई जबर्जस्ती करणी अभियोगमा तनहुँ जिल्ला अदालतमा मुद्दा दर्ता भएपछि अभिनेता पल शाह (पुर्णविक्रम शाह)ले मंगलबार सरकारी वकिल समक्ष बयान दिएका छन् । दिउँसो ३ बजेदेखि ५ बजेसम्म सरकारी वकिलको कार्यालयमा शाहको बयान लिइएको नेपाल बार एसोसिएसन तनहुँका अध्यक्ष भानु सुवेदीले जानकारी दिए ।

Inside Article Ads
सुवेदीका अनुसार बुधबार शाहका म्यानेजर कृष्णप्रसाद जोशीको बयान लिइनेछ । बयान सकिएलगत्तै थुनछेक बहस हुने बताइएको छ । अभिनेता शाह र जोशीविरुद्ध मंगलबार नै सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा दर्ता गरेको थियो। 

( कान्तिपुर दैनिक )

Visited 8 times, 3 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.