
*******************

१.
बैरीको हात
बैगुनी हुँदा
पाईन्छ घात ।
२.
गुलाब फूल
रक्षार्थ आफ्नो
साथमा शूल ।
✍️ आचार्य प्रभा, अमेरिका
<><><><><>

१.
प्राणको माया
छैनन् साथमा
कोही नै दायाँ ।
२.
चिनिन्छ साथी
दुःखको बेला
सबै छन् स्वार्थी ।
✍️ मिलन बोहोरा, असम, भारत
<><><><><>

१.
धाराको पानी
पिउँ कसरी ?
छान्दै नछानी ।
२.
चैतको हुरी
बसेकी छु म
दोबाटो कुरी ।
✍️ गीताश्री शर्मा, सिक्किम भारत
<><><><><>

१.
हातका रेखा
कहाँ बोल्छन् र ?
दिन्छन् कि धोखा
२.
हुँदैन भावी
कर्मनै सत्य
भाग्यको चाबी ।
✍️ लोकनाथ शर्मा, असम, भारत
<><><><><>

१.
बिहानी पख
चरिको गीत
सुनेर उठ ।
२.
तिम्रो नै साथ
चौतारी साक्षी
नपार्नु रात ।
✍️ मुकेश रेग्मी, असम, भारत
<><><><><><><><><><>
