
साहित्यकार तथा कवि हरिप्रसाद घिमिरे
एघारै जति वर्ष क्रान्ति हुनगो मान्छे हजारौँ मरे
नेता भारतको गुलाम सरि भो त्यो सन्धि घाती गरे
त्यो आफ्नो दल भस्म गर्न कसियो आफ्नै सकायो दल
बोलेको पनि छैन सत्य उसले नेता भयो पागल।।१ ।।
गर्थ्यो क्रान्ति सकी विकास उसले मान्थे सबैले तर
गर्दै ध्वंस बिगारियो सबकुरा पोलेर आफ्नै घर
यस्तो क्रान्ति रहेछ घातक हुने घाती उही हो दल
झुट्टा काम गरेर क्रान्ति अगुवा नेता भयो पागल।।२ ।।
यस्ता पागलका पछडि जनता लाग्छन् सबै अन्धले
हाम्रो देश पछाडि नै परिसक्यो त्यो घातकी बन्दले
उद्योगै सब बन्द भो मुलुकको हार्दै गयो त्यो दल
साँच्चै रैछ दलाल देश भँडुवा नेता भयो पागल।।३ ।।
उक्सायो प्रतिक्रान्तिका खलहरू सुम्प्यो उतै शासन
दोहोरी पनि खेल्नुपर्छ अहिले पालो गरी भाषण
त्यो आफ्नै दल ढाल्न शासन दियो आफ्नै बिरोधी दल
एमाले सित एकता अब गरौँ भन्दैछ त्यो पागल।।४ ।।
एम् सी सी पनि पास गर्न कसियो के क्रान्तिकारी छ र
नेपाली जनता लडे कति मरे खाए कठै हण्डर
आफैँ हार्छु चुनाव भन्दछ अहो !आफैँ सकायो दल
अर्काको दल भित्र खेल्दछ उहीँ नेता भयो पागल।।५ ।।
