Fast Nepal News

१४ सांसदको मुद्दामा चैत २० गते पूर्ण सुनुवाइ हुने

चैत २० गते हुने पूर्ण सुनुवाइमा सबै मुद्दा एकै पटक सुनुवाइ हुनेछ ।

banner single news

२९ फागुन, काठमाडौं । आइतबार न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार चुडालको इजलासले लिखित जवाफ परिसकेको र मुद्दामा उठाइएका संवैधानिक र कानुनी प्रश्नको निरुपण छिटो छरितो रुपमा हुनु मनासिव देखिएको भन्दै चैत २० गते पेशी तोकी पूर्ण सुनुवाइ गर्ने आदेश दिएको छ । नेकपा एमालेले माधवकुमार नेपालसहितका १४ सांसदलाई गरेको कारबाहीसम्बन्धी मुद्दमा चैत २० गतेदेखि पूर्ण सुनुवाइ हुने भएको हाे ।

माधव नेपालसहितका सांसदलाई नेकपा एमालेले गरेको कारबाहीलाई मान्यता नदिएपछि अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगलगायत विरुद्ध सर्वोच्च अदालतमा रिट दिएका थिए ।

Inside Article Ads

पार्टीबाट निष्कासन गरेको जानकारी संघीय संसद सचिवालयमा पठाउँदा सभामुखले सूचना टाँस नगरेर उनीहरुको सांसद पद कायम गरिदिएको भन्दै नेकपा एमालेले २३ फागुनदेखि संसद अवरोध गर्दै आएको छ ।त्यस्तै निष्कासनमा परिसकेका नेताहरुले सनाखत गरेर अर्को पार्टी गठन गरेको भन्दै त्यसलाई मान्यता नदिन एमालेले निर्वाचन आयोगलाई आग्रह गरेको थियो । तर निर्वाचन आयोगले माधव नेपालसहित एमालेले कारबाही गरेका नेताहरुकै सनाखतबाट एकीकृत समाजवादी दल दर्ता गरेपछि एमाले सर्वोच्च गएको थियो ।

Visited 7 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.