Fast Nepal News

म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै उल्भ्ससँग पराजित

banner single news

लन्डन — २० पुस २०७८

लन्डन , जाओ मोउटिन्होले खेल सकिन आठ मिनेट अगाडि गरेको एक मात्र गोलको मद्दतले उल्भ्सले म्यानचेस्टर युनाइटेडलाई उसको घरेलु मैदानमै सोमबार १–० ले हराएको छ । योसँगै म्यानचेस्टर व्यवस्थापकका रूपमा राल्फ राङनिकको अपराजित यात्रा टुंगेको छ । उल्भ्सले म्यानचेस्टरलाई ओल्ड ट्रायफोर्डमा हराएको सन् १९८० यता यो पहिलो पटक हो ।

उल्भ्सले निर्णायक गोल गर्न अगाडि पनि खेल आफ्नो नियन्त्रणमा राखेको थियो । खेलको अन्त्यतिर ब्रुनो फर्नान्डेजको फ्रि किकमा उल्भ्स गोलरक्षक जोस सले उत्कृष्ट बचाउ पनि गरे । यो जितपछि उल्भ्स १८ अंकमा आठौं स्थानमा उक्लिन सफल रह्यो । म्यानचेस्टर भने ७१ अंकमा सातौं स्थानमा कायम रह्यो ।            

Inside Article Ads

( कान्तिपुर दैनिक )

Visited 7 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.