
काठमाडौँ — २ पुस २०७८
काठमाडौँ , सहिद स्मारक लिग ए डिभिजन-०७८ मा शुक्रबारदेखि पाँचौँ चरणका खेल सुरु हुनेछन् । दशरथ रंगशालामा शुक्रबार दुई खेल हुनेछन् । पहिलो खेल सातदोबाटो र आर्मी तथा दोस्रो खेल संकटा र मच्छिन्द्रबीच खेल हुनेछ । सातदोबाटो चार खेलबाट सात अंकसहित पाँचौँ स्थानमा छ ।
आर्मी भने चार खेलबाट आठ अंकसहित तेस्रो स्थानमा छ र उसका सामु सातदोबाटोलाई हराएर शीर्ष स्थानमा उक्लने अवसर हुनेछ । दोस्रो खेलमा उत्रने संकटाको चार खेलबाट आठ अंक छ र चौथो स्थानमा छ । डिफेन्डिङ च्याम्पियन मछिन्द्र भने १० अंकमा शीर्ष स्थानमा रहेको छ । संकटा र मच्छिन्द्र दुवै अपराजित रहेका छन् ।
( कान्तिपुर दैनिक )
