
**********

१.
नपरौँ दंग
देखियो ढंग
फेर्ने हुन् रंग ।
२.
फोस्रा भाषण
कोरा छन् नारा
कस्तो शासन ?
✍️ जयनारायण नेपाल, इलाम, हालः भक्तपुर
<><><><><>

१.
सपना छिनी
नआए हुन्थ्यो
विपना तिनी ।
२.
भएन आस्था
व्यापार मात्र
भयो व्यवस्था ।
✍️ ओमआचार्य, अर्घाखाँची, हालः काठमाडौ
<><><><><>

१.
भरियो गह
तप्कियो आँशु
दुःखको बह !
२.
अकूत धन
नांगै छ तन
दरिद्र मन ।
✍️ किशन पौडेल, हेटौँडा, मकवानपुर
<><><><><>

१.
मुटुमा छुरा
सुन्नु पर्दैछ
दोधारे कुरा
२.
ठानेको लिस्नो
कस्तो दुर्भाग्य
रहेछ सिस्नो
✍️ खगेन्द्र बस्याल
तिलोत्तमा ९ सरस्वती पथ,रुपन्देही
<><><><><>

१.
कस्तो बिचित्र
आँखामा तिम्रो
मेरो पो चित्र !
२.
कहिले जुध्छ
आँखाको भाका
आँखाले बुझ्छ ।
✍️ दिनेश शर्मा, हेटौँडा ४ मकवानपुर
<><><><><>
