Fast Nepal News

हिमालयन शेर्पालाई नेपाल आइसको साथ

banner single news

काठमाडौँ — २ मंसिर २०७८

काठमाडौँ , सहिद स्मारक ‘ए’ डिभिजन लिग क्लब हिमालयन शेर्पाले बुधबार नेपाल आइससँग मुख्य प्रायोजन सम्झौता गरेको छ । यो अनुबन्धपछि क्लब औपचारिक रूपमा नेपाल आइस हिमालयन शेर्पाको नामले चिनिने छ । क्लबले नेपाल आइसको सीजी ब्रुअरीसँग प्रायोजन सम्झौतामा हस्ताक्षर गरेको हो । क्लबका कार्यबाहक अध्यक्ष फुपुदोर्जे शेर्पा र सीजीका बिजनेस हेड प्रदीप पुडासैनीले हस्ताक्षर गरे । एकवर्षे अनुबन्धको रकम भने खुलाइएको छैन ।

 पुडासैनीले सामाजिक उत्तरदायित्व र फुटबल विकासका लागि प्रायोजना गरेको बताउँदै हिमालयन शेर्पासँग आबद्धता हुन पाएकोमा खुसी व्यक्त गरे । उनले थपे, ‘हाम्रो संस्था नेपाली खेलकुदसँग जोडिँदै आएको छ र यसैक्रममा हामी हिमालयन शेपासँग आबद्ध भएका छौं । यसले एकातर्फ हाम्रो ब्रान्ड बलियो त हुनेछ भने सँगै फुटबल विकासमा पनि सहयोग हुनेछ ।’             
Inside Article Ads

क्लब अध्यक्ष पनि रहेका अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङले प्रायोजकको सहभागिताले नेपाली फुटबल अझ व्यावसायिक हुने धारणा राखे । हिमालयन शेर्पाले सहिद स्मारक लिगको पहिलो खेल संकटाविरुद्ध शनिबार खेल्नेछ । प्रतियोगिता भने शुक्रबार सुरु हुँदै छ । वर्ष २०६२ देखि नेपाली फुटबलको माथिल्लो डिभिजन खेल्न थालेको हिमालयन शेर्पाका मुख्य प्रशिक्षक युगलकिशोर राई छन् । कार्यक्रममा उनले प्रतियोगितमा आफ्नो टिमको प्रदर्शन राम्रो रहने दाबी गरे ।

( कान्तिपुर दैनिक )

Visited 8 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.