Fast Nepal News

चितवन समूह विजेता

banner single news

काठमाडौँ — १ मंसिर २०७८

काठमाडौँ , चितवन लगातार दोस्रो खेल जितेर समूह ‘ए’ को विजेता हुँदै वाग्मती प्रदेशस्तरीय वाईवाई यू–१९ क्षेत्रीय छनोट क्रिकेट प्रतियोगिताको सेमिफाइनल पुगेको छ । अघिल्लो खेलमा काठमाडौं जिल्लालाई २ रनले हराएको चितवनले मंगलबार ललितपुरको चुनौतीलाई ६० रनले पन्छायो । सूर्यांशु कोइरालाले अर्धशतक बनाएपछि चितवनले ललितपुरलाई ६० रनले पराजति गरेको छ । सूर्यांशु कोइराला र प्रतीक श्रेष्ठले अर्धशतक बनाएपछि टस हारेर ब्याटिङ गर्न आएको चितवनले मूलपानीको तल्लो मैदानमा ३५ ओभरमा छोट्याइएको खेलमा ७ विकेट गुमाई १ सय ९५ रन बनायो । ओपनिङमा आएका सूर्यांशु ५३ रनमा अविजित रहे । उनले ८६ बल खेल्दै ४ चौका प्रहार गरे । उनले प्रतीकसँग पाँचौं विकेटमा ९३ रनको साझेदारी गरे । प्रतीकले ५१ बल खेल्दा ५ चौका र ३ छक्का प्रहार गर्दै ६७ रन बनाए । सुजन चापागाईं ४, अर्जित भण्डारी २, प्रशान्त महत शून्य र स्वप्निलसिंह भण्डारी १५ रनमा आउट भए ।

रविन तिमिल्सिनाले ३३ बलमा ३ चौका र २ छक्कासहित ३७ रन बनाए । ललितपुरका योनेश थापा र सौरभ श्रेष्ठले २–२ तथा तिलकराज भण्डारी, अर्थव पौडेल र विवेक रानामगरले १–१ विकेट लिए । ललितपुर ३४.२ ओभरमा १ सय ३५ रनले अलआउट भयो । रोनिम तिवारीले ४१ बलमा ४ चौकासहित ३४, दुर्गेश थापाले ४२ बलमा ४ चौकासहित २६, फारिद खानले १९, तिलकले १८ र विवेकले १६ रन बनाए । चितवनका मनीष पुनले ४ ओभरमा २० रन खर्चेर ४, प्रतीक र प्रशान्तले २–२ तथा कप्तान गौतम केसी र विशाल यादवले १–१ विकेट लिए । बुधबार सेमिफाइनलमा चितवनले नुवाकोट र ललितपुरले भक्तपुरसँग खेल्नेछन् । समूह ‘बी’ को अन्तिम खेलमा मंगलबार भक्तपुरलाई १ विकेटले पराजित गरे पनि मकवानपुर सेमिफाइनल पुग्न सकेन । भक्तपुर, नुवाकोट र मकवानपुरले १–१ जित हात पारेको अवस्थामा भक्तपुर र नुवाकोट सेमिफाइनल पुगेका हुन् ।

Inside Article Ads

निश्चय थापाले ५९ बलमा ३४ र क्रिस कार्कीले २५ बलमा २९ रन बनाए पनि भक्तपुर २७.५ ओभरमै १ सय १८ रनमा अलआउट भयो । सक्रियराज कार्कीले २८ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ३१ रन बनाएपछि नुवाकोटले १ सय रनमाथिको लक्ष्य छाडेको थियो । कुशल केसीले २९ रन खर्चेर ४, विपुल खनालले २३ रन खर्चेर ३ तथा गौरव श्रेष्ठ र सारांश गौतमले १–१ विकेट लिए । विपुलले अविजित ५३ रन बनाएपछि मकवानपुरले २६ औं ओभरमा जित पाएको थियो । उनले ६१ बल खेल्दै ५ चौका र १ छक्का प्रहार गरे । सक्षम बस्ताकोटी र आस्तिक दाहालले समान २२ रन बनाए । नुवाकोटका सक्रियले ३, र सुवास खत्रीले २ विकेट लिए ।

( कान्तिपुर दैनिक )

Visited 4 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.