Fast Nepal News

फ्रान्स र बेल्जियम कतार विश्वकपमा छनोट

banner single news

पेरिस — २८ कात्तिक २०७८

पेरिस , केयलिन एमबापेले गरेको ह्याट्रिकसहित चार गोलको मद्दतले शनिबार काजाकिस्तानलाई ८–० ले हराउँदै डिफेन्डिङ च्याम्पियन फ्रान्स कतार विश्वकप २०२२ का लागि छनोट भएको छ । अन्तर्राष्ट्रिय फुटबलमा फ्रान्सका लागि सन् १९८५ यता कोही पनि खेलाडीले गरेको यो पहिलो ह्याट्रिक हो । यो जितपछि युरोपेली विश्वकप छनोटको समूह डी मा फ्रान्स शीर्ष स्थानमा रहने निश्चित भएको छ ।

विश्व नम्बर १ बेल्जियम पनि कतार विश्वकपका लागि छनोट हुने अर्को टिम बनेको छ । उसले इस्टोनियालाई ३–१ ले पराजित गरेको छ । फ्रान्स र बेलिजयमसँगै अहिलेसम्म ६ टिमले अबको विश्वकपका लागि छनोट भइसकेका छन् । त्यसमा छनोट हुने अन्य टिममा आयोजक कतारसँगै ब्राजिल, जर्मनी र डेनमार्क रहेका छन् ।

Inside Article Ads

( कान्तिपुर दैनिक )

Visited 8 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.